जंगलको डढेले वस्तीमा पस्यो, २ घर जले

रातोघर

 ११ चैत्र २०७५, सोमबार ०९:२२  मा प्रकाशित
१०८ पाठक संख्या


 

पाँचथरको फाल्गुनन्द गाँउपालिकामा जंगलको डढेलो वस्तीमा पस्दा २ वटा घर र एउटा गोठ जलेका छन ।

फाल्गुनन्द गाउँपालिकाको वडा नं. २ र ३ को सिमावर्ती निवुखोला किनार आसपासको मारुनी जंगलमा लागेको आगो वस्तीमा पस्दा दुई घर तथा एक गोठ जलेको स्थानीयले बताएका छन् ।

आगलागीबाट फाल्गुनन्द १ का लाखमान तामाङ र बीरबहादुर तामाङका घर जलेको हो । फाल्गुनन्द १ कै सन्तबहादुर तामाङको गोठ पनि जलेको जनाइएको छ । शनिवार दिउसो अचानक मारुनी जंगलमा लागेको डढेलो वस्तीमा पसेको थियो ।

Write your Comment