ग्यास सिलिण्डर विस्फोट हुँदा चार जनाको मृत्यु

रातोघर

 ११ चैत्र २०७५, सोमबार २१:०५  मा प्रकाशित
३५२ पाठक संख्या


सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–४, चाकुमा खाना पकाउने सिलिण्डर ग्यास विस्फोट हुँदा ४ जनाको ज्यान गएको छ ।

ज्यान जानेमा शिवश्री हाइड्रोपावरमा सीआरसी ठेकेदार कम्पनीमा कार्यरत मजदूरहरु रहेका छन् । शिवश्री हाइड्रोपावरका सल्लाहकार उमेस कसजुका अनुसार सीआरसी ठेकेदार कम्पनीको क्याम्पमा ग्यास सिलिन्डर विस्फोट भएको थियो ।

मृतक सबै भोटेकोशी गाउँपालिका–४ का स्थानीय रहेको तर पहिचान नखुलेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले पुष्टि गरे।

खवर स्रोत – खवरहब

Write your Comment