जलेर नाबालिकाको मृत्यु

रातोघर

 ११ चैत्र २०७५, सोमबार २१:५९  मा प्रकाशित
२२० पाठक संख्या


दाङ ।

दाङमा एक नाबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार राप्ती गाउँपालिका-१ बगाहसोती निवासी हिमाल राना मगरकी एक महीनाकी छोरी सङ्गीताको जलेर मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक शाहले हिमालका अन्दाजी ४ वर्षीय छोरा अमितले उनकी बहिनी सङ्गीता सुतिरहेको कपडामा खेल्ने क्रममा आइतबार बेलुका ७.३० बजे सलाइ कोर्दा आगलागी भएको र जलेर गम्भीर घाइते भएकी नाबालिकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

-रासस

Write your Comment