देशैभर मेघगर्जनसहित वर्षा

रातोघर

 १२ चैत्र २०७५, मंगलवार ०८:५७  मा प्रकाशित
१०५ पाठक संख्या


काठमाडौं।

काठमाडौं उपत्यकालगायत देशका अधिकांश क्षेत्रमा मंगलबार विहान मेघगर्जनसहित वर्षा भएको छ । केही स्थानमा अहिले पनि पानी परिरहेकको जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार अपरान्हबाटबाट मौषममा सुधार हुने मौसमविद्ले बताए ।

मेडिटेरानियन समुन्द्रबाट आएको जलवाष्पयुक्त हावाका कारण मंगलबार काठमाडौं उपत्यकासहित पश्चिमी र केही पूवी क्षेत्रमा वर्षा भइरहेको महाशाखाको भनाइ छ । देशको पश्चिमी र मध्य भू–भागमा पूर्ण बदली रहि बाँकी भू–भागहरुमा आंशिक बदली रहने र पश्चिमी क्षेत्र र काठमाडौं उपत्यका लगायत पूर्व क्षेत्रको केही स्थानमा मेघगर्जनसहितको वर्षाको भइरहेको हो ।

आज दिउँसो पनि देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि देशका केहि स्थानहरुमा मेघ गर्जन सहितको हल्का वर्षाको संभावना छ । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना छ ।

-LOKANTAR

Write your Comment