काठमाडौं ।
जापानले दुई किसिमको निश्चित सीपयुक्त कामदारलाई लैजाने नीति बनाएको छ । जसअनुसार पहिलो वर्गमा सीप तथा सम्बन्धित कार्यक्षेत्रको अनुभवप्राप्त श्रमिकहरू रहनेछन् । यस्ता श्रमिकहरूले बढीमा ५ वर्ष जापानमा काम गर्न सक्नेछन् ।
विशिष्ट तथा उच्च तहको सीपयुक्त कामदारलाई दोस्रो वर्गमा राखिएको छ । यसअनुसार डाक्टर, इन्जिनियरजस्ता उच्च सीपयुक्त श्रमिकहरू पाँच वर्षभन्दा बढी समय जापानमा काम गर्न पाउनेछन् । उनीहरूले आफ्ना परिवारका सदस्यसमेत लैजान सक्ने व्यवस्था गरिएको छ ।
सरकारसँग सोमबार भएको समझदारीअनुसार जापान जाने नेपाली कामदारले जापानी नागरिकसरहको सेवासुविधा एवं सर्तमा काम गर्न पाउनेछन् । उनीहरूलाई जापानी नागरिकसरह समान व्यवहारको सुनिश्चितता गरिनेछ । यसअनुसार नेपाली श्रमिकले जापानी नागरिकले सोही कामका लागि प्राप्त गर्नेसरह वा सोभन्दा बढी पारिश्रमिक पाउनेछन् ।
Write your Comment