बाराको मालपोत कार्यालयका लेखा अधिकृत घुससहित पक्राउ

रातोघर

 १२ चैत्र २०७५, मंगलवार १०:११  मा प्रकाशित
२९७ पाठक संख्या



बारा ।

बाराको मालपोत कार्यालयका लेखा अधिकृत कार्यकक्षवाट २४ लाख रुपैया सहित पक्राउ परेका छन । लेखा अधिकृत युगल किशोर ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडास्थित कार्यालयको टोलीले २४ लाख ९२ हजार रुपैया सहित नियन्त्रणमा लिएको हो ।

उनको कार्यकक्षमा सो रकम कुन प्रयोजनले राखिएको थियो भन्ने खुलेको छैन । बरामद भएको रकमका वारेमा अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

-AJAY SHA

Write your Comment