जीतपुरसिमरा -१८ मा टेलिकमको टावरमा समस्या

रातोघर

 १२ चैत्र २०७५, मंगलवार १८:४९  मा प्रकाशित
४६३ पाठक संख्या


मनहर्वा ।

जीतपुरसिमरा उपमहानगरपालिका–१८, उचिडीमा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएको छ । टावरमा समस्या आएका कारण एकसाता यता यस भेगका हजारौं टेलिकम नेटवर्क प्रयोगकर्ता समस्यमा परेका छन् ।

गत विहिबार टेलिकमको उक्त टावरमा विद्युतसर्ट भई आगलागी भएपछी प्राविधिक समस्या आएको टेलिकमले जनाएको छ ।

आगलागीबाट पिडीवी, परेक्टीफायर लगायतका उपकरणमा क्षेती पुगेको नेपाल टेलिकम कलैया शाखाका प्रमुख दरोगा प्रसाद साहले जानकारी दिए ।
मर्मतको कामसँगै टावर नजिकै स्थानातरणको क्रममा रहेकाले केही समय समस्या आउन सक्ने साहले जानकारी दिए ।

Write your Comment