क्यानाडाको नाममा ठगी धन्दा, भिषा आयो भन्दै युवतीमाथि यौन शोषण

रातोघर

 १२ चैत्र २०७५, मंगलवार १९:४४  मा प्रकाशित
२६३ पाठक संख्या



काठमाडौं  ।

क्यानाडा पठाउने भन्दै ठगी गरेको अभियोगमा पक्राउ परेका रौतहट गौर नगरपालिका–५ का सत्येन्द्रप्रसाद यादवले एक युवतीलाई पटक पटक यौन शोषण गरको खुलेको छ ।

यादवले एक युवतीलाई क्यानाडाको भिषा आएको र यौन सम्पर्क गर्न नदिए भिषा रद्ध गरिदिने भन्दै पटक पटक यौन शोषण गरेको खुलेको हो । ती युवतिले आफुलाई क्यानाडाको भिषाको प्रलोभनमा पटक पटक यौन शोषण गरेको उजुरी काठमाडौं प्रहरी परिसरमा दिएका छन् ।

महानगरीय अपराध महाशाखाले क्यानाडा पठाउने भन्दै ठगी गरेको अभियोगमा यादवलाई १४ फागुनमा तारकेश्वर नगरपालिकाबाट पक्राउ गरेको थियो । यादवले आफू गृहमन्त्रालयको सहसचिव हुँ भन्दै युवायुवतीलाई विभिन्न प्रलोभन देखाएर क्यानाडा पठाउने भन्दै दुई करोड भन्दा बढी रुपैयाँ ठगी गरेका छन् ।

प्रहरीका अनुसार यादव वीर अस्पतालको पूर्व रेडियोग्राफर हुन् । उनले आफु विभिन्न पेशामा रहेको देखाएर बीर अस्पतालबाट अबकाश पछि ठगी धन्दा सुरु गरेको प्रहरीको भनाइ छ ।

उनी यसअघि ठगी मुद्दामा दुईवर्ष जेलसमेत बसेको खुलेको महानगरीय प्रहरी परिसका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) होविन्द्र बोगटीले बताए ।

यादवले ३० जनाभन्दा बढी युवायुवतीबाट दुई करोडभन्दा बढी ठगी गरेको देखिएको र अनुसन्धान अझै जारी रहेको बोगटीको भनाइ छ । यादवलाई काठमाडौं परिसरले ठगी मुद्दा र जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

-shilapatra

Write your Comment