बाबु–छोरा र काकाले मिलेर गरे छोरीको यौन शोषण, आमाले भनिन् आफ्नै त हो !

रातोघर

 १२ चैत्र २०७५, मंगलवार १९:५२  मा प्रकाशित
३३९ पाठक संख्या



काठमाडौं ।

आमा बुबा छोराछोरीका अभिभावक हुन् । छोराछोरीलाई राम्रो संस्कार सिकाउने, सभ्य बन्न सिकाउने, शिक्षा स्वास्थ्य दिने काम अभिभावक हो । उनलाई सक्षम बनाएर स्वतन्त्र बनाउनु हाम्रो समाजको चलन हो ।

यो परम्परा विगतदेखि चलिआएको छ । तर, यहाँ एक परिवारका सदस्यले दुई वर्षदेखि युवतीमाथि जबरजस्ती यौन शोषण गर्दै आएको खुलासा भएको छ ।

भारतको नयाँदिल्ली स्थित जलपाईगुड़ी भन्ने गाउँमा बाबु, छोरा र काकाले मिलेर १६ वर्षीया युवतीमाथि २ वर्षदेखि यौन शोषण गर्दै आएको खुलासा भएको हो । त्यहाँको समाजमा महिलाले बोल्न पनि पाउँदैनन् ।

आफ्नै, दाई र काकाबाट बारम्बार यौन शोषणमा परेको आफ्नी आमालाई सुनाउदा उनले सहयोग पाईनन् । यस्तो कुरा सुनाउदा उनकी आमाले भन्ने गर्थिन्–‘उनीहरु तिम्रो बुबा, काका र दाई हुन् , कोही गैरपरिवारका मान्छे त होइनन् । आफ्नो मान्छेको लागि यति पनि गर्न सक्दैनौं ।’

२ वर्षदेखि यौनशोषणाको सिकार हुँदै आएकी ति युवती दुई पटक त गर्भवती भएकी थिईन् । गर्भवती भएपछि उनको गर्भपतन गरिन्थ्यो । त्यो पीडाले उनले कयौं पटक आत्महत्याको प्रयास समेत गरेकी थिईन् ।

विहीवार पीडित युवतीले हिम्मत गरेर यो घटना अफ्नो शिक्षकलाई सुनाएकी छिन् । कक्षा ९ मा अध्ययनरत ति युवती विहीवार विद्यालयबाट साझ घर फर्किएपछि २० वर्षीय उनका दाईईले उनको हात र खुट्टा बाधेर, मुख बन्द गरेर फेरि यौन शोषण गरेका छन् ।

शुक्रवार विद्यालयका शिक्षकको सहयोगमा ति युवतीले अभिभावकबाटै यौनशोषणमा परेको भन्दै प्रहरीमा मुद्दा हालेकी छिन् । प्रहरीले ति युवतीका काकालाई त्यसैदिन पक्राउ गरेको थियो । उनका बुबा र दाईलाई प्रहरीले शुक्रबार बेलुका पक्राउ गरेको हो ।

यो घटना प्रहरीले थाहा पाएपछि उनकी आमा फरार छिन् । प्रहरीले उनकी आमालाई खोजीरहेको छ । प्रहरीका अनुसार यो घटनामा युवतीको इच्छा अनुसार तिनै जनालाई फाँसीको सजाय हुन सक्छ ।

यो घटनालाई लिएर भारतको राजधानी नयाँदिल्लीमा चर्काे आलोचना हुन थालेको छ । सरकार र धर्मवादी संघसंगठन विरुद्ध चर्काे नारावाजीसहित विरोध भइराखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

-एजेन्सी

Write your Comment