सिरहा ।
सिरहामा आज बुधवार भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अमर्यादित गतिविधि गरेको भन्दै २ जना निरीक्षक निश्काशनमा परका छन् भने ११ जना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षामा विद्यार्थीाई चिट चोर्न सहयोग गरेको भन्दै चन्द्र मा.वि.परीक्षा केन्द्र सिरहा, र सारस्वर मा.वि. परीक्षा केन्द्रबाट एक–एक जना शिक्षक निश्कासनमा परेका हुन् ।
परीक्षा हलभित्रै मोवाईल लगि प्रश्नपत्र आउट गर्ने तथा अमर्यादित गतिविधि गरेको आरोपमा लहानको बस्तिपुर मा.वि.परीक्षा केन्द्रबाट ८ जना, सिरहाको सारस्वर मा.वि. परीक्षा केन्द्रबाट २ जना र चन्द्र मा.वि.परीक्षा केन्द्रबाट १ विद्यार्थीको परीक्षा रद गरेको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख दोलराज पाण्डेले जनाकारी दिए ।
निश्कासनमा परेका सबै विद्यार्थीको आजको परीक्षा रद गरिएको पनि इकाई प्रमुख पाण्डेयले जनाए । निश्कासनमा पर्ने प्रायः विद्यार्थी निजी विद्यालयको रहेको जनाएको छ । यसबाहेक परीक्षा शान्तिपूर्ण र मर्यादित भइरहेको जनाएको छ । सिरहामा यस वर्षको एसईई परीक्षामा ३८ परीक्षा केन्द्रबाट ९ हजार एक सय ८५ जना विद्यार्थी परीक्षामा सरभागी रहेका छन् ।
सेटिङ्गमै चिट चोरी
सिरहाको जनता माध्यमिक विद्यालय, धनगढीमाई नपा ७ अयोध्यानगर कसहामा सेटिङ्गमै चिट चोरी हुने गरेको छ । परीक्षा केन्द्रसँगै गासीएका घरहरुमा वसेर विशेषगरी निजी विद्यालयका शिक्षकहरुले फ्याप बनाउने र सुरक्षाकर्मीकै अघिल्तिरबाट चिठ पुर्याउने गरेको पाइएको छ ।
अयोध्यानगर परीक्षा केन्द्रभित्रै छ्यापछ्यापती चिट भेटिए पनि उनीहरुलाई केन्द्राअध्यक्ष मुकदर्शक बनेको अनुगमन पुगेका एक सञ्चारकर्मीले जानकारी दिए । उनले भने, ‘परीक्षार्थीको साथबाट चिट लिएपनि कुनै कार्वाही नगरेन भन्दा समेत उनले हामीले मर्यादित गरेका छौं, भन्दै पन्छिए ।’
बाहिरबाट चिट आइरहेको विषयमा बुझ्दा परीक्षा केन्द्राध्यक्ष राजलाल रायले भित्रैबाट टाइट गरेको बताए । उनले भने, ‘हामीले भित्र राम्रोसँग परीक्षा लिइरहका छौं, बाहिरको जिम्मा सुरक्षाकर्मीको हो ।’ केन्द्रमा ४ वटा विद्यालयका २ सय ३ जना विद्यार्थी परीक्षामा सहभागी रहेका छन् । त्यसमध्ये ३ वटा निजी विद्यालयका विद्यार्थी परीक्षामा सहभागी रहेका छन् ।
-ratopati
Write your Comment