बारामा ब्लड बैँक निर्माण हुदै

अजय शाह

 १४ चैत्र २०७५, बिहीबार १३:४२  मा प्रकाशित
३४४ पाठक संख्या



कलैया ।

बाराको कलैयामा रक्तसंचार भवन निमार्णको लागि समाजिक विकास मन्त्रालयबाट बजेट विनियोजन गराईएको छ ।

कलैया उपमहानगर्पा्लिकाका समाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ९ का वडाध्यक्ष डा. अख्तर अंसारीले पत्रकार सम्मेलन गरी बल्ड बैँक निर्माणको तयारीबारे जानकारी दिएका हुन् ।

संयोजक अंसारीले आफनो पहलमा प्रदेश नम्वर २ को समाजिक विकास मन्त्री नवल किशोर साहसँग समन्वय गरि रक्तसंचार केन्द्र निमार्णको लागि २५ लाख वजेट विनियोजन गराइ काम अघि बढाईएको बताएका छन ।

जिल्लामा रगत भण्डारण गर्न फ्रिज, केमिकल, दक्ष जनशक्ति पुर्वाधार नभएको तथा बजेटको अभावले रक्त संचार भवन राख्न सकिएको थिएन ।
जिल्ला अस्पतालमा बल्ड बैक नभएर गर्भवतीहरु महिला र बच्चा जन्माउने( सिएस) तथा दुर्घटना भएर आउने विरामीहरुको लागि रगत नभएर समस्या हुदै आएको थियो ।

अति आवश्यक परेको बेला रगतको लागि विरगज, हेटौडा समेत जाने गरेकोले अब कलैयामै रगत घरको निर्माण गरी सो समस्याको समाधानमा लागेको उनको भनाई छ ।
कलैया उपमाहनगरपालिकाबाट ब्लड बैकको भवन निमार्ण गर्न लगत ईस्टिमेट तथा नक्साङ्गकनकोे प्रक्रिया अगाडि बढाईएको समेत बताएका छन ।
रक्त सचार भवनको लागि चाहिने अरु आवश्यक समाग्रीहरुलाई पहल समेत गर्ने प्रतिवद्धता गरेका छन ।

Write your Comment