जनकपुर बमकाण्डमा पूर्वमन्त्री साहसहित ७ जनालाई जन्मकैद

रातोघर

 १४ चैत्र २०७५, बिहीबार २१:३६  मा प्रकाशित
१२६ पाठक संख्या



जनकपुरधाम ।

६ वर्ष अगाडि जनकपुरमा भएको बम काण्डमा दोषी ठहर गर्दै तत्कालीन सांसद एवं पूर्व राज्यमन्त्री सञ्जयकुमार साह (टक्ला)लाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ ।

धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए ।

जन्मकैदको सजाय पाउनेमा सञ्जय साह ‘टक्ला’ सहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा छन् ।

२०६९ साल वैशाख १८ गते भएको विस्फोटमा ५ जनाको ज्यान गएको थियो । विस्फोटमा रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो ।

पूर्व राज्यमन्त्री साह २०६४ सालको चुनावमा तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट धनुषा–४ तथा दोस्रो संविधानसभा चुनावमा सद्भावनाका तर्फबाट धनुषा–३ बाट विजयी भएका थिए । विजयकुमार गच्छदार भौतिक योजना मन्त्री रहेको समयमा उनी राज्यमन्त्री बनेका थिए ।

-lokantar

Write your Comment