हेटौंडा ।
दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि क्यामरुनी टोली दाउफिन्स र आयोजक मकवानपुर-११ भिड्ने भएका छन् ।हेटौंडा उपमहानगरपालिका-१० स्थित वनविज्ञान मैदानमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा थ्रीस्टारलाई टाइब्रेकरमा पराजित गर्दै दाउफिन्सले फाइनलमा आयोजकसँगको भेट पक्का गरेको हो ।
दाउफिन्सले थ्रीस्टारलाई टाइब्रेकरमा ५-३ ले हराएको थियो । निर्धारित समय १-१ गोलको बराबरीमा टुंगिएसँगै नतिजाका लागि टाइब्रेकरको सहारा लिइएको थियो ।
टाइब्रेकरमा दाउफिन्सको तर्फबाट एंगमा एंगोल, बिजिक बिजिक, पि्रसो एम्जाम्बे, हान्सा एसा र यानिक ओआनाले गोल गरे । थ्रीस्टारको तर्फबाट रन्जित धिमाल, मान्सा र विजय धिमालले गोल गरे । भरपर्दा तथा अनुभवी खेलाडी अनिल गुरुङको प्रहार भने बाहिरियो ।
खेलको ६२ औं मिनेटमा क्यामरुनीको तर्फबाट यानिक ओआनाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । थ्रीस्टारका रन्जन विष्टले ७० औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए । ओआनाले बिजिक बिजिकले गरेको क्रसमा हेड गर्दै गोल गरेका थिए । रन्जनले विपक्षी गोलरक्षक र डिफेन्सबीच तालमेलको अभाव भइरहेको समयमा गोलरक्षक बिट गर्दै सजिलै बललाई जालीको सम्पर्कमा पुर्याएका थिए ।
म्यान अफ द म्याच थ्रीस्टार क्लबका डिफेन्डर जीवन गुरुङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले खेलभर दाउफिन्सका थुप्रै प्रहार बचाए । दाफिन्सको तर्फबाट टिना टिनाले पहिलो हाफको ४३ औं मिनेटमा गरेको प्रहार पोलमा लागेर फर्किएको थियो । पहिलो हाफमा थ्रीस्टार केही दबाबमा देखिए पनि दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गरेका थिए ।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए । उनले दाउफिन्सले धेरै फाउल खेलेको र आफूहरूले समयमै रेप|mीलाई सजग नगराएको धेरै खेलाडी अस्पतालमा भर्ना हुने अवस्था सिर्जना हुने बताए । थ्रीस्टारका कप्तान एलन न्यौपानेले भाग्यले साथ नदिँदा खेलमा पराजित भएको बताए ।
दाउफिन्सका टिम व्यवस्थापक आशिक थापामगरले खेलाडीले समयमै गोल नगर्दा केही समस्या परेको दाबी गरे । उनले प्रतियोगिताको फाइनलमा अझै सुधारिएको खेल खेल्ने दाबी समेत गरे । उनले रेप|mीले समयमै निर्णय लिन नसक्दा खेलमा केही तनावको अवस्था सिर्जना भएको बताए ।
फाइनल चैत १६ गते शनिबार हुनेछ । विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
-ekantipur
Write your Comment