सिमरामा पनी सडक उत्रिए बिद्यार्थी (भिडियो सहित)

रातोघर

 १५ चैत्र २०७५, शुक्रबार १५:०४  मा प्रकाशित
३१४ पाठक संख्या



सिमरा ।

प्रदेश २ मा शुक्रबार हुने सामाजिक विषयको परीक्षा रद्द भएपछि सिमरका बिद्यार्थीहरु पनि सडक उत्रिएका छन् । सिमराका निजि तथा सामुदायिक बिद्यालयका बिद्यार्थीहरुले सडकमा प्रदेश सरकार बिरुद्ध नाराबाजी गर्दै न्याय माग गरेका छन् ।

फेरी परिक्षा दिँदैनौ, प्रदेश सरकार मुर्दाबाद, हामीलाई न्याय चाहियो भन्दै बिद्यार्थीहरुले सडक अवरुद्ध गरी बिरगञ्ज पथलैया सडकखण्ड अवरुद्ध गरेका छन् ।
यसैबिच बारा सहित प्रदेश २ का बिभिन्न स्थानमा विद्यार्थीहरु सडकमा उत्रिएका छन् । विद्यार्थीको प्रदर्शनमा आगजनी र ढुंगामुढाबाट प्रदेश २ को राजधानी जनकपुरसहित विभिन्न सहर तनावग्रस्त बनेको छ । अनिवार्य सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि परीक्षा रद्द गरिएको हो ।
तनावग्रस्त वीरगञ्ज, आगजनी र तोडफोड

परीक्षा रद्द भएको आक्रोशमा वीरगञ्जका विद्यार्थीहरु सडकमा उत्रिएका छन् । उनीहरुले वीरगञ्जमा रहेको प्रहरी बिट तथा ट्राफिक लाइट तथा डिभाइडरमा आगजनी गरेका छन् । आक्रोशित विद्यार्थीले तोडफोड तथा आगजनी गरेपछि प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ ।दमकलद्वारा पानीको फोहोरा प्रहार गरेपछि थप आक्रोशित भएका विद्यार्थीले दमकल पनि तोडफोड गरेका छन् ।

मुख्यमन्त्रीको कार्यालय तोडफोड

परीक्षा रद्द भएपछि जनपुरका विद्यार्थी पनि आक्रोशित बनेका छन् । परीक्षा रद्द भएको सूचनालगतै विद्यार्थीहरु प्रदर्शन उत्रिएका छन् ।
प्रदेश २ को राजधानी रहेको जनपुरमा प्रदेश सरकारको कार्यालय अगाडी नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । आक्राशित विद्यार्थीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय ढुंगा प्रहार गरी तोडफोड गरेका छन् । आक्राशित विद्यार्थीको ढुंगा केही सवारीमासमेत क्षति पुगेको छ । आक्राशित शिक्षामन्त्रीको राजीनामा मागेका छन् ।

रौतहटमा राजमार्ग अवरुद्ध

परीक्षा रद्द विरोध रौतहटको चन्द्रनिगाहापुरमा बजारमा विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी नाराबाजी गरेका छन् ।

                                                           हेर्नुहोस् – सिमराका बिद्यार्थीको प्रदर्शन

Write your Comment