काठमाडौं ।
नेपालस्थित अमेरिकी राजदुतावासले नेपाली कांग्रेस नेता तथा सांसद गगन थापाले अध्ययन गर्दै गर्दाको तस्बिर सार्वजनिक गरेको छ। शुक्रबार सामाजिक सञ्जालहरूबाट कक्षा कोठाको उक्त तस्बिर सार्वजनिक गर्दै दुतावासले लेखेको छ,’हेर्नुस् त, कक्षामा को छ?’
दुतावासको तस्बिरमा थापाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कूलको कक्षाकोठामा अध्ययन गरिरहेका छन्। तस्बिरसँगै सांसद थापालाई उदृत गर्दै दुतावासले लेखेको छ, ‘उहाँ भन्नुहुन्छ-मलाई युवा रहिरहनु छ र सिकाइ एक यस्तो विषय हो जसले युवा रहन सहयोग गर्छ। सिकाइ तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महसुस गरिरहेको छु। एकदमै रमाइलो लागेको छ।’
दुतावासले सांसद थापा ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ शीर्षकको कोर्ष अध्ययन गरिरहेको जनाएको छ। सँगै थापालाई रमाइलो सिकाइको कामना समेत दुतावासले गरेको छ।
-annapurna
Write your Comment