सिमरा ।
‘दुई नम्बर प्रदेशमा आजको परिक्षा पनि भएनछ है ? नाम मात्र दुई नम्बर भनेको काम पनि दुई नम्बर नै रहेछ ’ , ‘त्याहाँको सबै लेभलको विद्यार्थीले चोरेर नै परिक्षा पास गर्दा रहेछन क्यारे है ?’ अर्कोले थप्यो ।
एसईई परिक्षा दिएर काठमाडौको सार्व्जिनक यातायातबाट घर फर्कदै गरेका परिक्षार्थीले बोलेको वाक्यांश हो यो । यसले प्रदेश नम्बर २ को शैक्षिक बेथिती बारे अन्य प्रदेशको विद्यार्थीमा परेको प्रभाव झल्काउछ ।
आफुले प्रदेश नम्बर २ बाटै ं१२ सम्मको परिक्षा मर्या्दित वातावरणमा दिए पनि यो बर्षको एसईईको बिज्ञान र सामाजिक बिषयको प्रश्नपत्र परिक्षा समयभन्दा अघि नै बाहिरिएर परिक्षा नै रद्द भएकाले परिक्षा मर्या्दित हुन्छ भन्ने आट गर्नै सकिन ।
यो त प्रतिनिधि आवाज मात्रै हो । तराई क्षेत्र अझ विशेष गरि प्रदेश २ बाट आएका प्रायः सबै विद्यार्थीलाई एसईई चोरेरै त पास गरेको होला हैन ? रेडिमेट प्रश्न धेरै पहिलै देखि गरिदै आएको छ । यस्तै दृष्टान्तलाई मलजल गर्ने बस्तु बनेका छन् अहिले प्रदेशस्तरबाट संचालित एसईई परिक्षा अन्तर्गत प्रदेश नम्बर २ को प्रश्नपत्र धमाधम आउट हुने प्रक्रिया र यसले निम्त्याएको बिद्यार्थी अराजकता ।
एसईई परिक्षा अन्तर्गत बिहिवार बिज्ञान र शुक्रवार सामाजिक बिषयको परिक्षा हुने तालिका थियो तर प्रश्नपत्र भने अघिल्लो दिनै आउट भएको पाइएको थियो । सप्तरीका कयौं परिक्षा केन्द्रमा बिहिबार प्रश्नपत्रमा भएको प्रश्नसंग मेल खाने क्रमबद्ध प्रश्नका उत्तर भएको चिट भेटिएपछि बिहिबार भएको बिज्ञान बिषयको परीक्षा रद्द गरिएको थियो भने बिहिबारै भोलिपल्ट हुने सामाजिक अध्ययन बिषयको प्रश्नपत्र सामाजिक संजालमा छ्याप्छ्याप्ती पाइएपछी परिक्षा नै नलिइ सामाजिक अध्ययन बिषयको परिक्षा पनि रद्द गरिएको थियो ।
पछि शनिबार हुने भनिएको जनसंख्या तथा बाताबरण बिषयको परिक्षाको प्रश्नपत्र पनि आउट भएको पाइएपछि केन्द्र सरकारले परीक्षा तत्काललाई स्थगित गर्न निर्देशन दिएको हो । बिज्ञान र सामाजिक बिषयको प्रश्नपत्र आउट भएपछि समग्र शिक्षाप्रेमीको ध्यान यतिखेर प्रदेश २ तिर केन्द्रित भएको छ , राष्ट्रिय मिडियामा यो खबर ट्रेन्डिङका बिषय बनेका छन् ।
राजनैतिक दलका भातृ संगठन कस्ले चाडै बिज्ञाप्ति निकाल्ने भन्ने दौडाहमा छन् । यसरी अनिश्चितकालका लागि परिक्षा स्थगित भएपछि प्रदेश २ का एसईई परिक्षा दिने ७० हजार ५६८ जना परिक्षार्थी अन्योलमा परेका हुन। कुनै एउटा जिल्लाबाट प्रश्न पत्र आउट भए पनि ८ ओटै जिल्लाका लागि एउटै प्रश्न पत्र भएकाले २६२ ओटै परिक्षा केन्द्रमा परिक्षा नहुने भएको हो ।
विद्यार्थी र अभिभावक चिन्तामा
यसरी प्रदेश नम्बर २ मा अब बाकी रहेका सबै परिक्षा नै स्थगित भएपछि विद्यार्थी मारमा परेका छन् भने अभिभावकहरुमा प्रदेश सरकारप्रती बितृष्णा पनि देखिन थालेको छ। लगातार परिक्षा रद्द हुँदै स्थगित भएपछि विद्यार्थीहरुले समेत अमानवीय हर्कत गर्न थालेको परिदृष्यले समेत विद्यार्थीमा रहेको आवेगको भावना स्पष्टरुपमा देखिन्छ ।
तर त्यसो त लगातार बन्द , हडताल गर्नु नै समाधान खोज्ने गतिलो माध्यम पनि होइन । परिक्षा नै स्थगित भएपछि एसईई दिन उत्साहित विद्यार्थी एकपटक पछि हट्न बाध्य भएका छन् , एकपटक पुनः परिक्षा तयारीमा जुट्न बाध्य विद्यार्थीमा पटक पटक परिक्षा रद्द हुनुले मनोबैज्ञानिक असर समेत पर्ने मनोबिज्ञको बुझाइ छ ।
त्यस्तै अभिभावकहरु समेत ढुक्कले बस्न सक्ने अवस्था छैन । अनिश्चितकालका लागि परिक्षा स्थगित भएपछि अब कहिले परिक्षा हुने भन्ने बिषयमा अभिभावकहरु चिन्तामा परेका छन् ।
सुरक्षा घेराका बिच प्रश्नपत्र आउट कसरी ?
प्रश्न तयार भएपछि त्यसलाइ जनक शिक्षा सामाग्री केन्द्रको अति सुरक्षित प्रेसमा कडा सुरक्षा ब्यबस्थाका बिच छापी जिल्ला जिल्लामा परिक्षा संचालन हुने करिब १५ दिनअघि पठाइने ब्यबस्था छ । जिल्लामा तीन सुरक्षा घेराले प्रश्नपत्रको सुरक्षा गर्छन् । जिल्लाबाट परिक्षा केन्द्रबाट नजिक पर्ने प्रहरी कार्यलयमा परिक्षा सुरु हुनु भन्दा एक वा दुई दिन अगाडी मात्र प्रश्नपत्र पठाइने र प्रहरी कार्यलयबाट परिक्षा केन्द्रमा परिक्षा सुरुहुने भन्दा करिब आधा घन्टा अगाडि सुरक्षा व्यवस्थाका साथ पठाइने कानुनी प्राबधान छ ।
तर सुरक्षा घेराबिच रहेका प्रश्नपत्र पटकपटक आउट भै परिक्षा नै रद्द गर्नु पर्ने स्थिती सिर्जना भएपछि सुरक्षा निकाय समेतलाई शंकाको घेरामा तानेको कतिपयको बुझाइ छ । प्राप्त जानकारी अनुसार बिज्ञान बिषयको प्रश्नपत्रसँग हुबहु मिल्ने चिट परिक्षा केन्द्रहरुमा प्रशस्तै पाइएको थियो ।
त्यसो त प्रश्नपत्र परिक्षा केन्द्र वा ईलाका प्रहरी कार्यालयहरुमा पठाउदा शिल खोलिएको वा नखोलिएको भन्ने आधिकारिक जानकारी नि आएको छैन । कानुनी प्रावधान अनुसार प्रश्नपत्र राखेर शिल गरिएको कपडा पुर्णरुपमा निरिक्षण गरेर मात्रै पठाउनु पर्ने हुन्छ । सुरक्षा घेरामा रहेको प्रश्नपत्र आउट हुनुले सुरक्षा निकायलाई मात्र शंकाको दायारामा ल्याएको छैन संघीयता कार्यन्वयनमा चुनौती थपिएको छ ।
त्यसो त प्रदेश नम्बर दुईका केही जिल्ला एसैपनी देशभरी नाम कमाएका जिल्ला हुन् । जिल्लाले संचालन गर्ने आधारभुततहको अन्तिम परिक्षाको प्रश्नपत्र पनि पटक पटक आउट भएको इतिहास साबित छ ।
यसरी प्रदेश नम्बर २ को प्रश्नपत्र बारम्बार आउट हुनाले यहाँको सुरक्षा निकाय , शिक्षासँग सम्बन्धित सरकारी निकाय विवादमा पर्नु स्वभाभिक नै हो । प्रश्नपत्र आउट भएर पुनः परिक्षा लिदा राज्यको लाखौं रुपैया दोहन भएको छ ।
साथै प्रदेश नम्बर २ को परिक्षा स्थगित गरिए पनि अरु प्रदेशको परिक्षा स्थगित गरिएको छैन । पुर्व निर्धा्रित तालिका अनुसार अनिवार्य बिषयको प्रश्न प्रत्येक प्रदेशमा छुट्टाछुट्टै बनाए पनि अतिरिक्त बिषयका प्रश्न पत्र सबै प्रदेशमा एउटै हुने थियो। अब अतिरिक्त बिषयको परिक्षा सबै प्रदेशमा नहुने वा प्रदेश २ मा मात्र नहुने भन्ने बिषयमा सबै परिक्षार्थी अन्योलमा छन ।
छानबिन समिती गठन त भै सकेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा बसेको बैठकले केन्द्रिय अनुसन्धान ब्युरोलाई घटनाको छानबिन गर्न निर्देशन पनि दिएको छ । ब्युरोलाई शुभकामना । गठित समितीलाई पुर्ण अधिकार दिई हजारौं बिद्यार्थिको भविस्य धकेल्ने जोकोहिलाईपनि कानुनी दायरामा ल्याउन जरुरी छ । शैक्षिक माफियालाई हद सम्मको कारबाही गरिनै पर्छ । पुनः परिक्षा संचालन गर्न आवश्यक सम्पुर्ण रकम दोषीले तिर्नै पर्छ नत्र परिक्षा स्थगित गरेर मात्र समाधान निकाल्न सकिन्न । पुनः परिक्षाको प्रश्नपत्र आउट नहोस् , सम्पुर्ण परिक्षार्थीलाई शुभकामना ।
अनिश अधिकारी , जीतपुरसिमरा उपमहानगर, २
(उनी हाल स्नातक तहमा काठमाडौंमा अध्ययनरत छन् )
Write your Comment