जीप दुर्घटना : ६ मृत्यु, ३ घाइते

रातोघर

 १७ चैत्र २०७५, आईतवार १९:३५  मा प्रकाशित
१४० पाठक संख्या



काठमाडौं ।

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको जीप ओखलढुंगामा दुर्घटनामा परेको छ ।

बा १६ च २२०७ नम्बरको जीप आइतवार मध्याह्न ओखलढुंगाको मानेभञ्ज्याङ-७ डडुवाडाँडामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाले जानकारी दिएको छ । प्रहरीका अनुसार घाइतेलाई उपचारको लागि घुर्मी पठाइएको छ ।

जीप दुर्घटनामा मृत्यु हुनेहरूमा ताप्लेजुङका ५५ वर्षीय मीङ्मा शेर्पा, ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, ३०-३५ वर्षका ङवाङ शेर्पा, डोमा शेर्पा र वर्ष ३२-३३ की नुमा शेर्पा रहेका प्रहरी निरीक्षक राजीव श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।  उनका अनुसार जीप सडकबाट लगभग २-३ सय मिटर तल खसेको हो ।

-lokantar

Write your Comment