वीरगञ्ज ।
वीरगञ्जबाट यही चैत १६ गते २४ किलो चरेशसहित भारतीय नागरिकलाई पक्राउ गर्यो । उनी भारत कलकत्ता सिविरपुर-२७ का ३० वर्षीय सहनवाद अब्दुल थिए ।
शनिबार बिहान साढे ५ बजे वीरगञ्ज महानगरपालिका-१५ बसपार्कबाट अब्दुललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । नेपालबाट भारततर्फ पैदल जाँदै गरेका अब्दुलमाथि चेकजाँच गर्दा उनले बोकेको झोलाबाट लागूऔषध चरेश २४ किलो बरामद भएको थियो ।
काठमाडौंबाट आएको रात्रिकालीन बसबाट झरेर टाँगा समात्न जाने बेलामा गह्रौं गरी झोला बोकेको देखेपछि चेकजाँच गर्दा चरेस फेला परेको प्रहरी चौकी बसपार्कका प्रहरी नायब निरीक्षक वैधनाथ दास बताउँछन् । अब्दुलले भने कलकत्तासम्म पुर्याए वापत ५ हजार आईसी पाउने शर्तमा चरेस लिएर आएको बताएका छन् । त्यसको दुई दिनअघि मात्रै प्रहरीले वीरगञ्जबाट अवैध लागूऔषध गाजा ओसारप्रसारमा संलग्न आमा छोरीलाई पक्राउ गरेको थियो ।
बाराको महागढीमाई नगरपालिका-१० घर भई वीरगञ्ज महानगरपालिका-१ छपकैयामा डेरा गरी बस्ने ३८ वर्षीया अञ्जुदेवी कर्ण र उनकी छोरीबाट ६ किलो गाजाको धुलोसहित बरामद गरेको थियो ।
नचिनेको व्यक्तिले समान रक्सौल पुर्याएवापत चार हजार रुपैयाँ दिने भन्ने प्रलोभन दिएपछि आफूहरुले यस्तो काम गरेको उनीहरुको भनाइ छ । उनीहरुलाई अहिले प्रहरीले लागूऔषधविरुद्धको मुद्धा लगाएको छ ।
प्रहरीमा अधिकांश मुद्धा लागू औषध सम्बन्धी
जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा अधिकांश लागूऔषध सम्बन्धी मुद्धाका थुनुवा छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले पर्सा जिल्लामा लागूऔषध सम्बन्धी मुद्धा बढी आउने गरेको बताए । ‘अहिले हामीसँग हिरासत ६८ जना अभियुक्त छन्, जसमा ३३ जना थुनुवा लागूऔषधका छन्,’ उनले भने, ‘मुद्धामा पनि २० प्रतिशतको हाराहारीमा लागूऔषधकै हुने गरेको छ ।’
प्रहरीले अनुसन्धानका लागि अन्य मुद्धाहरुमा २४ दिनको म्याद पाउँछ, संगठित अपराधका लागि ६० दिन र लागूऔषधको लागि ९० दिनको म्याद पाउने गरेको छ ।
चाहेरपनि छिटो मुद्धाको टुंगो लगाउन नसकिने उनी बताउँछन् । ‘लागूऔषधको नमूना ल्याब टेष्टका लागि काठमाडौं पठाउनुपर्ने हुन्छ, त्यहाँबाट रिपोर्ट आउनमा ढिलाइ हुन्छ । त्यसले गर्दा एउटै मानिसलाई लामो समय हिरासतमा राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘ ल्याबको रिपोर्ट छिटो आउने व्यवस्था मिलाउन सक्दा पनि लागूऔषधका मुद्धा छिटो टुंगामो पुर्याउन सकिन्छ ।’
चालु आर्थिक वर्ष ०७५/७६ मा जिल्ला प्रहरी कार्यालय पर्सामा ५९२ वटा मुद्धा दर्ता भएको मा लागूऔषधका १२६ वटा छन् । जुन कुल मुद्धाको २१.२८ प्रतिशत हो । ०७४/०७५ मा ८७४ वटा मुद्धा दर्ता हुँदा १६.२४ प्रतिशत अर्थात १४२ वटा लागूऔषधका थिए । जुन आर्थिक वर्ष ०७३/७४ मा भन्दा २२.४१ प्रतिशतले बढी हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको तथ्याङक अनुसार आव ०७३/७४ मा ६६१ वटा मुद्धामा लागूऔषधको मुद्धा संख्या ११६ थियो ।
१७.५४ प्रतिशत मुद्धा लागूऔषधको हुँदा अघिल्लो आर्थिक वर्षमा भन्दा ७.४० प्रतिशतले बढेको थियो ।
८ महिनामा १४९ जना पक्राउ
चालु आर्थिक वर्षमा पर्साबाट प्रहरीले लागूऔषधसहित १४९ जनालाई पक्राउ गरिसकेको छ । साउनयता उनीहरु पक्राउ परेका हुन् ।
पर्सा ट्रान्जिट थलो मात्रै भएकोले कारोबारमा संलग्न कमै पक्राउ परेका छन् । दिनहुँ जसो पक्राउ पर्नेहरु अधिकांश लागूऔषध ओसार प्रसारमा संलग्न व्यक्तिहरु मात्रै हुने गरेका छन् ।
भारतीय सीमासँग जोडिएको पर्सा जिल्ला हुँदै लागूऔषध गाजा, चरेश, खैरो हिरोईन भारततर्फ जाने गरेको छ भने भारतबाट लागूऔषध इन्जेक्सन, ट्याबलेट आउने गरेको छ ।
दुवै खाले लागूऔषध न पर्सामा उत्पादन हुने गरेको छ न खपत नै । हुने गरेको छ त पर्सा वदनाम मात्रै । यहाँ लागूऔषध प्रयोग कर्ताहरु २ हजार देखि २५ सयको हाराहारीमा मात्रै छन् ।
तयारी लागूऔषधको उत्पादन भारतमा हुन्छ चितवन, मकवानपुर, काठमाडौंलगायतका जिल्लामा बिक्रीका लगिन्छ । लिन आउने पनि त्यतैतिरका बढी छन् । गाजा चरेस मकवानपुर, धादिङको विकट ठाउँहरुमा उत्पादन हुन्छ र पर्साको बाटो हुँदै भारत लगिन्छ ।
पर्सा जिल्ला भन्दा बाहिरबाटै लागूऔषध ल्याउने लैजाने भएपनि लागू औषधमा पर्सा बदनाम छ । तर पर्सा ‘ट्रान्जिट प्वाइन्ट ‘ मात्रै रहेको प्रहरी अधिकारी नै स्वीकार गर्छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले खुल्ला सीमा र निम्न आय स्तर भएका मानिसहरुको दुरुपयोग गरेर लागूऔषधको कारोबार भइरहेको बताए । ‘भारतीय सीमासँग जोडिएको छ, सीमा खुल्ला छ । दुवैतर्फ निम्न आय स्तर भएका मानिसहरु प्रयोग भइरहेको देखिन्छ ,’ उनले भने, ‘पर्सालाई लागु औषध ओसार प्रसार गर्ने बाटोका रुपमा प्रयोग गरिरहेका छन् । सुरक्षा निगरानी कडा छ । सुत्र परिचालन प्रभावकारी भएकै कारण केहिलाई हामीले समातेका पनि छौं ।’
पक्राउ गरी कानुनी कारबाही गरेर मात्रै समस्या समाधान नहुने र सचेतनमुलक कार्यक्रमहरु पनि निरन्तर हुनुपर्ने उनको भनाइ छ ।
चालु आर्थिक वर्षको साढे ८ महिनामा प्रहरीले नुफिर्न ३ हजार २४५ पिस, डाईजीपाम ३ हजार ३१६ पिस, निट्राभेट ट्याबलेट ५ हजार २४३ फेनारगन ३ हजार ५० पिस, गाजा ३ सय ६७ किलो २७ ग्राम, चरेस २९२ किलो ५०० ग्राम र खैरो हिरोईन एक किलो १० ग्राम, अफिम एक किलो, कारेक्स २६३ बोतल बरामद गरेको छ ।
सचेतनामा सरोकारवालाको ध्यान कम
तत्कालीन एसपी गणेश रेग्मीले जिल्ला प्रहरी कार्यालय पर्सामा आउने मुद्धाको ठूलो हिस्सा लागूऔषधको रहेको पाएपछि लागूऔषधविरुद्ध महाअभियान सञ्चालन गरेका थिए ।
जिल्लालाई लागूऔषध मुक्त जिल्ला बनाउन हरेक पालिकामा लागूऔषधविरुद्ध काम गर्न पालिका स्तरीय समिति नै गठन भएका थिए । के के काम गर्ने भनेर कार्ययोजनाहरु नै बनाइएको थियो । तर, अहिले ति सबै समितिहरु निस्कृय जस्तै छन् ।
बाल विवाह, दाईजो प्रथा, लागू औषधलगायत कुरीति विसंगतिविरुद्ध वर्तमान एसपी ढकालले पनि केही पालिकाहरुसँग समन्वय गरेर अभियान सञ्चालन गरे । उनले पनि त्यसलाई निरन्तरता दिन नसकिरहेको अवस्था छ ।
आफ्ना पालिकाका नागरिक यस्ता गैरकानुनी क्रियाकलापमा नलागुन भनेर स्थानीय सरकार जुन रुपमा जागरुक र जिम्मेवार हुनुपर्ने भए पनि त्यो नदेखिएको सामाजिक कार्यकर्ताहरु बताउँछन् ।

-ONLINEKHABAR
Write your Comment