निजगढ ।
बाराको निजगढ नगरपालीकामा अब जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक बिद्यालयमै पढाउनुपर्ने भएको छ । निजगढ नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले अब जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक बिद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो ।
बैठकले जनप्रतिनिधिसंगै सरकारी सेवा सुविधा लिने जो कोहीले समेत आफ्ना छोराछोरी सामुदायिक बिद्यालयमै पढाउनुपर्ने निर्णय गरेको निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनालले जानकारी दिए ।
नगरपालिकामा केहिदिन अघि शिक्षा समितिले जनप्रतिनिधिसंगै कर्मचारी र शिक्षकले समेत आफ्नो छोराछोरी सामुदायिक बिद्यालयमै पढाउनुपर्ने निर्णय गरेको थियो ।
नगर प्रमुख खनालका अनुसार शिक्षा समितिको निर्णयका आधारमा आजको कार्यपालिका बैठकले आफ्ना छोराछोरी सामुदायिक बिद्यालयमै पढाउनुपर्ने नियम बनाएको हो ।
‘अब जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकले आप्नो छोराछोरी सामुदायिक बिद्यालयमै पढाउनुपर्छ, यसको अनुगमन नगरपालिकाले गर्नेछ’ उनले भने , सबै वडा कार्यालय र नगरका सरकारी कार्यालयमा पत्राचार गरेर सुचना दिन्छौँ ।’
यसअघि नगरका सामुदायिक बिद्यालयमा दरबन्दी मिलान र बिद्यालयको स्तर बृद्धी लगाएतका काम गर्न बाँकी रहेको बताए ।
हामी सरकारी स्कुलमा पढाउनुस् मात्रै भन्दैनौँ, ब्यापक सुधार पनि ल्याउँछौँ , उनले अगाढी थपे , ‘तपाई ढुक्क हुनुस् शैक्षिक क्षेत्रमा हामी जिल्लाको नमुना नगरका रुपमा स्थापित हुन्छौँ ।’
यस्तै बैठकले निजगढ नगरपालिकाभित्रका सामुदायिक बिद्यालयमा जनक शिक्षा सामाग्रीकै पाठ्य पुस्तक प्रयोगमा ल्याउने निर्णय समेत गरेको छ । ‘कक्षा १ देखि १० सम्मका बिद्यार्थीहरुलाई जनक शिक्षा सामाग्रीको पाठयपुस्तक प्रयोगमा ल्याउने निर्णय गरेका छौ, यसले अभिभावक माथिको भार कम हुने हामीले बिश्वास लिएका छौ’ उनले भने ।
Write your Comment