बारामा हावाहुरीले आधा दर्जन बढीको ज्यान गएको आशँका

रातोघर

 १७ चैत्र २०७५, आईतवार २२:१४  मा प्रकाशित
२३६ पाठक संख्या



कलैया ।

बारामा आइतबार साँझ परेको बर्षासंगै आएको हावाहुरीका कारण ५ जनाको मृत्यु भएको छ । जिल्लाको भरवलीयामा बर्षासंगै आएको हावाहुरीका कारण बिजुलीको पोल ढल्दा ५ जनाको मृत्यु भएको हो ।

हावाहुरीका कारण आधा दर्जन बढी बढी मानिसको मृत्यु भएको आसंका गरीएको छ भने ठुलो संख्यामा हताहत भएको समाचार छ ।
राति करीब ८ बजे तिर फेटा गाउपालिका ,सुवर्ण गाउपालिका, परसौनी गाउँपालीकामा आएको भिषण आँधी र हुरीका कारण बिधुतको पोल ढलेको, घर उडाउनुका साथै कतिपय पक्कि घरको पर्खालले मानिसहरु च्यापिएको हुन सक्ने जनाइएको छ ।

अहिलेसम्म भलवरीयामा पाँच जनाको मृत्यु भएको बारा प्रहरीले बताएको छ । दुई दर्जन बढी घाइतेको थप उपचारका लागी बिरगञ्ज लगिएको छ । उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । त्यसैगरी जिल्लाको परसौनी गा.पा.मा एक जनाको मृत्यु भएको खवर छ भने केहि घाइते भएका छन ।

हावाहुरीको प्रभाब भलुहि , पुरैनिया ,परसौनि, बिजवनिया लगाएतका स्थानमा देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सानुराम भटटराइले जानकारी दिए ।

रातिको समय भएकाले एम्बुलेन्सको अभाब भएको र सडकमा रुख ढलेको र पानीका कारण बाटो हिलो भएकोले उद्धारमा कठिनाइ भएको बताइएको छ ।

घाइतेहरुको बिरगञ्जमा उपचार हुँदै (भिडियो)
भिडियो स्रोत – एवान समाचार ।

Write your Comment