मापसे जाँच गर्ने प्रहरीलाई घुस दिन खोज्दा…

रातोघर

 १७ चैत्र २०७५, आईतवार १७:१८  मा प्रकाशित
२४० पाठक संख्या



काठमाडौं ।

काठमाडौंको सानो भर्‍याङमा ड्युटीमा खटिएका प्रहरीलाई ‘घुस’ दिन खोज्ने  २ जना पक्राउ पेका छन् । मापसे चेकजाँचका क्रममा घुस दिन खोज्ने २ जनालाई महानगरीय प्रहरी बृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगंज घर भएका पुनककुमार राम र काठमाडौं नागर्जुनका प्रमोद खकुरेल रहेका छन् ।

उनीहरुले प्रहरीलाई १३ सय रकम घुस दिन खोजेको बताइएको छ । प्रहरीले दुवै जनालाई मोटरसाइकल सहित पक्राउ गरेर कारबाही अघि बढाएको जनाएको छ ।

Write your Comment