बारामा आएको भीषण हावाहुरीबाट घाइते भएका सर्वसाधारणको उपचारमा कठिनाई आएको छ।
नारायणी अस्पतालस्थित रक्तसञ्चार केन्द्रमा आवश्यक परिमाणमा रगत नहुँदा घाइतेहरुको उपचारमा समस्या आएको हो।
रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ। घाइतेको उपचारका लागि रक्तसञ्चार केन्द्रमा एक पिन्ट रगत पनि नभएको जानकारी आएको छ।
रगतको अभाव भएपछि अहिले आकस्मिक स्वेच्छिक रक्तदानकाा लागि सर्वसाधारणलाई आह्वान गरिएको छ।
नारायणी अस्पतालमा १०० जना, नेशनल मेडिकल कलेज वीरगञ्जमा १०० जना, वीरगञ्ज हेल्थ केयरमा १०० जना, गण्डक अस्पतालमा २७ जना र एडभान्स हस्पिटलमा २० जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
Write your Comment