प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक बस्दै

रातोघर

 १८ चैत्र २०७५, सोमबार ०६:४६  मा प्रकाशित
१०३ पाठक संख्या



काठमाण्डाै ।

आइतबार साँझको भीषण हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति पुगेपछि प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक बस्दैछ । सोमबार बिहान ७ बजे बैठक बस्ने मुख्य मन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयकाअनुसार बैठकमा घाइतेको निःशुल्क उपचार, मृतकका परिवारलाई राहत र भत्किएका संरचना पुनर्निर्माणको विषयमा निर्णय हुनेछ ।

Write your Comment