बाँचेकालाई राहतको चिन्ता, खानेकुरा भन्दा मट्टीतेलको आशा

रातोघर

 १९ चैत्र २०७५, मंगलवार ०९:५५  मा प्रकाशित
१९० पाठक संख्या



बारा ।

यहाँका स्थानिय करिब ५ हजार परिवारका सदस्य क्षणभरमै आफ्नो घर सपनामाझैं हावाले उडाएको अझै विश्वास गर्न सकिरहेका छैनन् ।

मानिसहरू कोही भग्नावशेषमा आफ्ना सामलतामलको शिला खोज्दै थिए, कोही एउटा कुनामा निद्रा पु¥याउँदै थिए ।

राहत बाँड्नेहरु गाउँमा देखिन थालेका छन् । तर, चामल, चिउरा, दालमोठ र पाउरोटी मात्रै बाँडेको देख्दा उनीहरुलाई रातको चिन्ता बढ्दै गएको देखिन्थ्यो ।

राहतमा पाएको त्रिपाल बोकेर घर फर्कंदै गर्दा रमितादेवी पासवानले भोजपुरी भाषामा गुनासो गरिन्, ‘बस्ने ओत त भयो । चिउरा पनि भयो तर रातमा उज्यालो कसरी हुन्छ ?’ हामीलाई खानेकुराभन्दा पनि मट्टीतेलको व्यवस्था गरिदिनोस् ।’

Write your Comment