आँधीवेहरी अपडेट – राहत जुट्दै

रातोघर

 १९ चैत्र २०७५, मंगलवार १०:३७  मा प्रकाशित
३७६ पाठक संख्या



बारा ।

राहत जुट्दै आँधी प्रभावित बस्तीाम विभिन्न संघ संस्थाले सहयोग गर्न थालेका छन् । धुमूसले करिब ४ सय बढी परिवारलाई त्रिपाल र चामल र चाउचाउ लिएर पुगे । यधपी उनले त्याँहाँको अस्तब्यस्तता देखेर आफैँले बाँडन सकेनन् ।

स्थानिय जनप्रतिनिधीलाई जिम्मा लगाएर उनी फर्किए । यस्तै नगर उद्योग बााणिज्य संघ , सिमराले पनि करिब डेढ लाख बराबरको खाद्यान्न गाउँमा बाँडेर फर्कियो । त्यसैगरी सिमराका स्थानिय युवाले पनि सामलतामल गाउँमा बाँडेर आएका छन् । यस्तै राष्ट्रिय जनता पार्टीले ५ लाख सहयोगको घोषणा गरेको छ । यस्तै तिलोत्तमा नागरपालिका, रुपन्देहीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुले एक दिन बराबरीको तलव भत्ताबाट चार लाख रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ । नेपथ्य समूह र नेपालयले पनि हावाहुरी प्रभावितहरुका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । कलैया , हेटौँडा ,वीरगञ्ज लगायतका स्थानमा पनि राहत संकलन सुरु भएको छ ।

यसैबिच रातह जुट्ने अभियान जारी छ । 

Image may contain: 4 people, outdoor

Image may contain: 8 people, including प्रकाश लम्साल and Rn Khan, people smiling

Image may contain: 7 people, people smiling, people standing and outdoor

Image may contain: 4 people, people standing, crowd and outdoor

Write your Comment