गत आइतबार बेलुका आएको हावाहुरीले बाराको भरवलिया र पुरैनिया गाउँ अत्याधिक प्रभावित भए । पुरैनियामा १० र भरवलियामा ९ जनाको घटनास्थलमै मृत्यु भयो । सयौं घर हुरीका कारण ध्वस्त भए ।
नेपालमा निकै कम सुनिने हुरीको प्रकोप हेर्न अहिले हावाहुरी प्रभावित क्षेत्रमा मानिसको भीड लागेको छ । १८ गते बिहानैदेखि हुरी प्रभावित क्षेत्रमा मानिसहरुको भीड बढेको छ ।
छिमेकी जिल्ला, गाउँ तथा राजधानीबाट आएकाको भीडले हुरी प्रभावित क्षेत्रमा मानिसको चाप बढेको छ । अवस्था कस्तोसम्म पुगेको छ भने हुरी प्रभावित क्षेत्रमा बाहिरबाट आएकाहरुको संख्या धेरै छ ।
शिलापत्र टिम १८ चैतमा भरवलिया पुगेर उक्त क्षेत्रमा भेटिएका धेरै मानिससँग सोधेको थियो–तपाईको घर कुन हो ? तपाईको घर पनि लडाएको हो ?
जवाफ आउँथ्यो–नाही हमार गाउँ त ई नही हे ।
उद्धारकर्मी, रातहकर्मी र हुरी पीडितभन्दा बढी थिए रमिता हेर्न आउने । तीन जनासम्म मोटरसाईकलमा चढेर रमिता हेर्न आएका पनि देखिन्थ्यो ।
कतिपय मानिसहरु त ट्याक्टरमा चढेर समेत हुरी प्रभावित क्षेत्रमा आए । प्रहरी, उद्धारकर्मी र राहत वितरकलाई समेत मानिसको भीडले गर्दा प्रभावित बस्तीसम्म पुग्न कठिन भईरहेको छ ।
सडक नै जाम हुनेगरी प्रभावित क्षेत्र हेर्न आएकामध्ये धेरैजसो मोबाईलबाट भिडियो खिच्नमा व्यस्त थिए । बाटो हिडिरँदा, मोटरसाईकल र गाडीबाट मानिसहरु भिडियो खिचिरहेका देखिन्थ्यो ।
प्रभावित क्षेत्रमा पुगेका मोबाईल भिडियोग्राफरको भीडले बाटो जाम गरेर राहत बोकेका सवारी साधनलाई समेत अवारधे गरे ।
तस्वीरमा हेर्नुहोस मोबाईल आतंक
-shila
Write your Comment