मृतकको सम्झनामा सहकारीको श्रदाञ्जली

रातोघर

 २१ चैत्र २०७५, बिहीबार १०:२४  मा प्रकाशित
१०९१ पाठक संख्या



बारा ।

आइतबार साँझ आएको विध्वंशकारी हावाहुरीका कारण घरबारविहीन हुन पुगेका यहाँका स्थानीयलाई आफन्त गुमाएको पीडा त छ नै, बस्ती नै सोत्तर बनाइदिएपछि अहिले बिचल्लीमा परेका छन् । विरगञ्जबाट ११ किलोमिटर दूरीमा रहेको भरवलीया अहिले खण्डहर बनेको छ ।

सग्ला घर मुस्किलले देखिन्छन भरवलियामा । करिब २ सय ५० घर रहेको यो बस्तीमा मुस्किलले आधा दर्जन घर मात्रै उभिएका देखिन्छन् । हुरीले ढाल्न नसकेका यी घर पनि चोइटिएका छन् । कसैको भित्ता, कसैको छानो त कसैका झ्याल, ढोका छैनन् ।

यसैबिच सिमराका सहकारीकर्मी बुधबार पुरैनिया पुगी पिडितलाई मल्हमपट्टीमा सहयोग गरेका छन् । जीतपुरसिमरा नगर सहकारी सञ्जालमा आबद्ध करिब ४ दर्जस सहकारी बुधबार त्याँहा पुगी पिडित घरपरिवारलाई राहत साम्रगी बितरण गरेका छन्भने बेलुकाको एक छाक खाना खुवाएका छन् । सहकारी दिवसको सन्दर्भ पारेर उनीहरुले दिवसका सम्पुर्ण कायृक्रम स्थगित गरेर पिडितको राहतमा घटना स्थाल पुगेका हुन् ।

सोही क्रममा पिडित बस्तीमै पुगेर उनीहरुले मृतक परिवारप्रती हार्दिक समवेदना सहित मृतकको सम्झनामा दिप प्रज्वलन र मौनधारण गरेका छन् ।

नगर सहकारी सञ्जालकी अध्यक्ष अनिता लम्साल अधिकारीको नेतृत्मा पुगेको सहकारीको टोलीले देशका बिभिन्न स्थानबाट राहत सामग्री आएपनि प्रभावकारी ब्यवस्थापन हुन नसक्दा बास्तबिक पिडितकहाँ राहत पुग्न सरकारी संयन्त्र चनाखो नभएको गुनासो गरेका छन् ।

(भिडियो)

Write your Comment