मौसममा बदली, तराईमा दिउँसो हावाहुरी चल्न सक्ने

रातोघर

 २१ चैत्र २०७५, बिहीबार ११:३६  मा प्रकाशित
२७१ पाठक संख्या



बिहीबारदेखि दुईतीन दिनसम्म देशभरकै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

बिहीबार दिउँसो देशको पुर्वी र मध्य भू–भागलगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका क्षेत्रमा दिउँसो हावाहुरी चल्न सक्ने मौसमविदले बताएका छन् ।

पूर्वमा बनेको न्यूनचापीय रेखा, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले अब दुई तीन दिन देशभरका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना रहेको मौसमविद् मञ्जु बासीले बताए ।

‘आजभन्दा भोलि र भोलिभन्दा पर्सि देशभरी कै मौसम बदली भई पानी पर्नेछ, उनले भने, ‘बिहीबार मध्य र पूर्वको तुलनामा पश्चिममा भने थोरै पानी पर्न सक्छ ।’

Write your Comment