राहत बाँडन आएका सन्दिप क्षेत्री भन्छन् – राहत दिने भन्दा सेल्फी खिच्ने बढी (कुराकानी)

रातोघर

 २२ चैत्र २०७५, शुक्रबार ०८:२५  मा प्रकाशित
४२३ पाठक संख्या



बारा ।

बारा पर्सामा हावाहुरीले बितण्डा मच्चाएपछी आफ्नो जन्म स्थामा क्षेत्र आएका हाँस्य कलाकार सन्दिप क्षेत्रीले पिडितलाई फोटो खिच्नेले झन बढी पिँडा थपेको बताए ।

उनी प्रारम्भिक चरणमा झुल र केही सरसमान बोकेर भरवलीयामा पुगेका हुन् । उनले राहत कसरी र कस्लाई दिने भन्नेमा अन्योल परेर करिब २ घण्टा भन्दा बढीदेखी पर्खिरहेका थिए ।

यहाँ राहत बाँडनेका नाममा बिकृति बढ्न सक्छ भन्दै उनले संचारकर्मीलाई बिशेष खवरदारी र निगरानी गर्न आग्रह गरे । यहाँ पिडितलाई मल्हम लगाउन आएकाहरु नै मोबाइलमा फोटो खिचेर मनोरञ्जन जस्तो गरिरहेको देखाउँदै उनले भने , ‘लो हेर्नुस न , तरिका हो ? यो मेला हो ? ’

यसैबिच उनले राजधानीमा हावाहुरी पिडितका लागी सम्पुर्ण कलाकारलाई एकजुट बनाई बिशेष प्याकेज लिएर पिडितकहाँ पुग्ने आश्वासन पनि दिएका छन् ।

‘खासमा म सामान्य हेर्न मात्र आएको थिएँ , अब यहाँबाट फर्केर सबै कलाकार साथीहरुसित संयोजन गर्छु र बिशेष प्याकेज सहित यहाँ आउँछु ।’ , उनले भने , ‘तर अहिले यहाँ बडो नाजुक अवस्था छ , यी पिडितको माइबाप कोही छैन, कहाँ छ सरकार खै ?’ उनले भने ।

उनले एक प्रसंगमा मधेशलाई नेपाल नै होइन भन्नेहरुलाई खोज्न समेत यहाँ आएको भन्दै उनले तराई दुखेको बेला पहाडले सहयोग गरेको देख्दा खुशी लागेको प्रतिकृया दिए ।

हेर्नुहोस – उनीसंग फेटा गा.पा. ६ पुरैनियामा गरिएका कुराकानी ।

youtube लिँक https://www.youtube.com/watch?v=DPnddcJchAA

 

Write your Comment