बारा ।
हावाहुरी प्रभावित क्षेत्रका १२ बालबालिका भोलीबाट पुनः संचालीत एसईई परिक्षामा सहभागी भएका छन् । प्रभावित क्षेत्रको फेटा र प्रसौनी गाउँपालिकाबाट ३ बालिका सहित १२ जनालाई सहज रुपमा परिक्षामा सहभागि भएका हुन् । उनीहरुलाई सहज बातावरणमा परिक्षामा सहभागि गराउने ब्यवस्था मिलाईएको जिल्ला शिक्षा समन्वय कार्यालय बाराका अधिकृत अशोक रौनीयारले जानकारी दिए ।
ती बालबालीहरुलाई परिक्षामा सहभागि हुने, बस्ने खाने सबै प्रबन्धक मिलाईएकाले कुनै समस्या नरहेको रौनियारको भनाई छ । कतीपयको बस्ने घर पूर्ण रुपमा ध्वस्त भएको अवस्था छ भने कतीपयको घरमा सामान्य क्षती पुगेको अवस्था छ ।
तरपनी विद्युत अवरुद्ध भएका कारण आँधीको प्रभाव रहे नरहेका कतीयप क्षेत्रहरुका बालबालिकाहरुलाई समेत परिक्षाको तयारीमा समस्या छ ।
गत १५ गतेबाट स्थगन भएको एसईई परिक्षा आजबाट शुरु भएको हो । २९ गते सम्म चल्ले परिक्षामा बारामा जिल्लाका ७ हजार ९ सय १५ परिक्षार्थी सामेल हुने कार्यालयले जनाएको छ ।
Write your Comment