बाबुआमा अस्पतालको शैयामा, सन्तान खुल्ला आकासमा

पुष्पराज खतिवडा

 २२ चैत्र २०७५, शुक्रबार ०९:२७  मा प्रकाशित
२१३ पाठक संख्या



रातोघरका पुष्पराज खतिवडा पुरैनिया पुग्दा …..

आइतबार साँझ आएको विनासकारी भुमरी आँधीका कारण फेटा गाउँपालिका ६ पुरैनियाकोे एउटा परिवारका तीन बालबालिकाको विचल्ली भएको छ । आँधीेका कारण घरबार विहीन हुन पुगेकाको साहेव मियाँका तीन छोराछोरीको विचल्ली भएको हो । बाबुआमा नै अस्पतालमा रहेका १३ बर्षिया रोशन खातुन, ११ बर्षका समिम र ९ बर्षिय समिर मियाँको यतीखेर दयनिय अवस्था छ ।

भत्कीएको घरको भग्नावषेस नजिकैको त्रिपाल मुनी बसेका उनीहरु नजिक आउने जानेसँग विस्कुट मागिरहेका छन् । उनीहरुका अभिभावक आमा नसिमा खातुनको ढाडमा गहिरो चोट लागेको छ । बुवा साहेब मियाँको दुवै खुट्टा भाँचिएको छ । दुबैको नेशनल मेडिकल कलेज शिक्षण अस्पताल विरजंजमा दुवैको उपचार भैरहेको छ ।

नजिकैको विद्यालयमा आफु ४ कक्षा र भाईहरु ३ र २ मा पढ्ने गरेको रोशनले बताईन् । घर भत्कीँदा किताव कापी घरले पुरियो । आँधीमा आफुहरुलाई बुवाआमाले जीउले छोपेर बचाउनु भयो, १३ बर्षिय रोशनले सुनाईन् ।
गाउँपालिकाले केहीपर ब्यवस्था गरेको सामुहिक भोजमा खाना खाने समिमलाई हामीले खाना काहाँ खाई रहेका छौं ,भनेर सोद्दा सममिले भोजमे खावेनी भनेर जवाफ दिए ।

बहिनी ज्वाईसँगै उनीहरुको बस्ती नै आँधीमा परेका खवर पाएर भारतको मोतीहारीबाट आएकी मरियम नेसाले उनीहरुसँगै रेखदेख गरिरहेकीछन् । बच्चाहरुकी माईजु पर्ने नेसाले आफु नयाँ भएकाले राहत लिएर आउनेहरुसँग खानेकुरा ,त्रिपाल लगायत माग्दा नदिने गरेको बताईन् ।

यिनीहरुको विजोग छ । फेर्ने लुगा छैन । सुत्ने ठाउँ छैन । त्रिपाल जसोतसो टाँगेका छौं । कुनबेला हावा आएर लैजोने हो थाहा छैन, नेसाले सुनाईन् । हिन्दी मिसाएर भोजपुरी बोल्ने मरियम नेसाले बच्चाहरुको सताई बसाई,खस्वास्थ्य र सरसफाईमा समस्या भैरहेको गुनासो गरिन् ।
विपत्तीले गाउँनै बर्वाद बनाएको समाचार हावासरी फैलिएपछी उद्दार र राहतमा खटिएकासँगै स्थलगत अवस्था हेर्न आउनेको फेटा गाउँपालिका ६ को पुरैनीया १ को भरवलीमा दिनहुँ भिड बढ्दो छ ।

चारदिनदेखी स्कुल डेसमै रहेका समिम र समिर विहानैदेखी आउने हजाँरौमा आफ्ना बा आमाको अनुहार खोजिरका थिए । छिनमै आई बाबु कव आईयन , भनेर माईजुलाई सोधिरहन्छन् । तर माईजुले भोलीभोली भनिरहेकी छन् ।

कोही आफन्तहरु बेलाबेला अस्पताल पुग्र बच्चाहरुका अभिभावक नासिम र साहेबको अवस्था बुझिरहेका छन् । उनीहरुलाई १ महिनाबढी अस्पताल राख्नु पर्ने डाक्टरहरुले बताएको कुरा मरियम नेसाले बताईन् ।

गतीलो पाल, झुल ,बत्ती र शौचालय नहँदा रातीको समयमा समस्या भैरहेको उनको दुखेसो छ । यहाँ रोशन समिम र समिर जस्तै धेरैको विजोक छ । आँधीमा परि बारा ६ बालबालिकाको ज्यान गयो , एकदर्जनबढी गम्भीर घाईते छन् । उनीहरुको उपचार भैरहेको फेटा गाउँपालिकाका अध्यक्ष अमिरि प्रसादले बताए ।

Write your Comment