‘राहत बहुत् आवता, मिलत् नैखे’

खास बास्तबिक पिडित परिवार पिँडामै छन् । मर्नेहरु मरेर गए, घाइतेहरु अस्पताल नै छन् । भाग्यले बाँचेकाहरु पालभित्रै रोमलिइरहेका छन् । उनीहरु आफ्ना पुरिएका सामलतामल उत्खनन्मै ब्यस्त छन् । तर पक्की घरमा जीवन बिताउनेहरु घरको इट्टा खसेको बहानामा पिडित घोषणा गरेर राहत संकलनमा ब्यस्त छन् । उनीहरुनै राहतका गाडी कुरेर बस्छन् र पिडितको गास खोस्छन् ।

कृष्ण सिग्देल

 २२ चैत्र २०७५, शुक्रबार १७:२३  मा प्रकाशित
८८५ पाठक संख्या


बारा ।

 

खास बास्तबिक पिडित परिवार पिँडामै छन् । मर्नेहरु मरेर गए, घाइतेहरु अस्पताल नै छन् । भाग्यले बाँचेकाहरु पालभित्रै रोमलिइरहेका छन् । उनीहरु आफ्ना पुरिएका सामलतामल उत्खनन्मै ब्यस्त छन् । तर पक्की घरमा जीवन बिताउनेहरु घरको इट्टा खसेको बहानामा पिडित घोषणा गरेर राहत संकलनमा ब्यस्त छन् । उनीहरुनै राहतका गाडी कुरेर बस्छन् र पिडितको गास खोस्छन् ।

हावाहुरीका कारण बारा र पर्साका पीडितहरुले खुल्ला आकाशमुनि रात काटेको ४ दिन बित्यो । आइतबार साँझ आएको हावाहुरीका कारण बाराको दक्षिणी क्षेत्रको फेटा गाउँपालिकाको पुरैनिया, फेटा, भरवलिया, धर्मनगरलगायतका बस्ती ध्वस्त भए ।
हावाहुरीमा परी बारामा मात्रै २७ जनाले ज्यान गुमाए । १ हजार पाँचसय भन्दा बढी घाइते भए । जसमध्ये ३ सय जना घाइते अझै अस्पतालको शय्यामा उपचारत छन् । करिब १६ सय भन्दा बढी घरहरु भत्किए ।

अचेल समाचारकै भरमा देशबिदेशबाट राहत जुट्ने क्रम जारी छ । तर बाहिरबाट राहत बोकेर आउँनेलााई यहाँको अवस्था थाहा नै हुन्न । नक्कली पिडित राहतको गाडी कुरेर बस्नेहरु यहाँ प्रशस्तै छन् । गाडी आउने बित्तिकै उनीहरु पछीपछी दौडिन्छन् र अनेक बिलौना गरेर राहत खोस्छन र थुपार्छन ।

पुरैनिया गाउँको शुरुमै एउटा पक्की घर छ , त्यौ पक्की घरको रेलिँग मात्र भत्किएको छ । तर पक्की घरको एउटा कोठा राहत सामग्रीले भरिएको छ । प्राय पत्रकारले फोटो खिच्न त्यही घरको छत प्रयोग गर्ने गरेका छन् । अचेल कोही पत्रकार छतमा पुगे घरकी एक हजुरआमा माथी नै पुगेर हकार्छिन ।

उनको आक्रोश – फोटो मात्रै खिच्ने कि घर पनी बनाइदिने ? राहत मिलेको छ कि छैन ? पत्रकारको प्रश्नमा उनले भनिन्, राहत त सब कुरा मिलेको छ ।

त्यही घरको अघिल्तीर प्रहरीको टेन्टमा ९ जनाको एक परिवारले गुजारा सुरु गरेका छन् । इट्टाको कच्ची जोडाईको घर पुरै भत्किएपछि ३ महिनाको छोरो बोकेर सुत्कैरी कल्मु नेशा पनि पालमा छिन् । उनका श्रीमान निरोदिन सहित ४ जना नेशनल मेडिकल कलेजमा उपचाररत नै छन् । यही परिवारले जेठी छोरी ३ बर्षकी आलिसा खातुनलाई घरले थिचेर गुमाउनुपरेको पिँडा उनीहरुसंग ताजै छ ।

अहिले कल्मुलाई रेखदेश गर्न आफन्तहरु आएका छन् । गाउँमा राहत बाँडन प्रशस्तै मान्छेहरु आउने गरेको उनको ठम्यााई छ । तर आफुँले भने केही नपाएको गुनासो गर्छिन ।

‘राहत बहुत आवता मतलव मिलत नैखे’ , उनले भोजुरी भाषामा राहत प्रशस्तै आएपनि नपाएको बताउँछिन् ।

‘सबै परिवार अस्पताल छन्, म बाहिर निस्केर कहाँ राहत माग्न जाउँ, यहाँ ल्याएर घरमै दिने थोरै मात्र हुन्छन्, जे पनि राहत आउँछ बडका आदमी (ठुलाबडा) कै हातमा पर्छ’, उनले दुखेशो पोखिन् । राहत ल्याउनेलाई घरमै ल्याएर राहत दिए मात्र आफुले पाउने कल्मु बनाउँछिन् ।
यस्तै ९ सन्तानकी आमा रोवायत खातुन पनि नजिकैको अर्को पालमा बस्छिन् । उनको १२ दिनको बच्चालाई मुस्किलले बचाइन् । भाग्यवश उनको परिवारका सदस्यहरुले भने ज्यान गुमाउनुपरेन ।

उनको कक्षा १ मा पढने छोरो जागिर हुसेनलाई भने किताब कापी घरले पुरिएपछि परिक्षामा कसरी पास हुने भन्ने छ । परिक्षा नजिकै आइसक्दा पढने लेख्ने सामान सबै हुरीले पुरिदिएपछि उनलाई खानेकुरा भन्दा किताब कापीको चिन्ता छ ।

यहाँपनि राहतका नाममा चिउरा र चाउचाउ बाहेक अरु केही नपाएको गुनासो छ । खातुनको नजरमा यहाँ ठुला जातका अगाडी साना जातले ठुलो स्वरमा समेत बोल्न नहुने भन्ने छ ।

उनको गुनासो छ ‘हामी राहत ल्याउनेहरुसंग माग्न जाँदैनौँ, तर उनीहरुले पनि यहाँ ल्याएर दिँदैनन्, ठुलाबडाको अगाडी हाम्रो केही चल्दैन ।’
खास बास्तबिक पिडित परिवार पिँडामै छन् । मर्नेहरु मरेर गए, घाइतेहरु अस्पताल नै छन् । भाग्यले बाँचेकाहरु पालभित्रै रोमलिइरहेका छन् । उनीहरु आफ्ना पुरिएका सामलतामल उत्खनन्मै ब्यस्त छन् ।

तर पक्की घरमा जीवन बिताउनेहरु घरको इट्टा खसेको बहानामा पिडित घोषणा गरेर राहत संकलनमा ब्यस्त छन् । उनीहरुनै राहतका गाडी कुरेर बस्छन् र खोस्छन् ।

सरकार कहाँ छ ?

स्थानीय, प्रदेश र केन्द्र सरकारसँगै विभिन्न संघसंस्था र व्यक्तिहरु राहत र उद्धारका लागि प्रभावित क्षेत्रमा आए । राहत बाढ्न आएकाहरुको ध्यान वास्तविक पीडितको अवस्था नियाल्नु भन्दा पनि राहत बाँडेर कतिबेला फर्किने भन्नेमा हुने देखिन्छ ।

स्थानीय निकाय र बिपत ब्यवस्थापन समितीको जिम्मेवारी फितलो हुँदा अव्यवस्थित रुपमा भएको राहत वितरणले केही पीडितको भोक मेटियो होला तर बालबालिका र अशक्तहरु भने आफूले राहत नपाएको गुनासो गरिरहेका छन् ।

हावाहुरीका कारण स्थानीय घरबिहीन बनेको ४ दिन भइसकेको छ । अन्य जिल्लाहरुबाट त्रिपाल, खाद्यन्न लगायतका सामाग्री बोकेर प्रभावित क्षेत्रमा आउने क्रम अझै जारी छ । तर स्थानीय सरकारसँग समन्वय नै नगरी भइरहेको राहात वितरणले वास्तविक पीडित भने समस्यामै छन् ।


स्थानीय प्रशासन र स्थानीय सरकारसँग समन्वय नगरी राहत वितरण हुँदा कसैले पाउने, कसैले नपाउने अवस्था छ । बुधबार प्रदेश नम्बर २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले मृतक परिवारलाई ११ हजारका दरले दिएर फर्किए । र राहत बितरणलाई ब्यवस्थित बनाउने प्रतिबद्ध रहेको बताए ।

राहत वितरण व्यवस्थित नभएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल पनि स्वीकार्छन् । तर संघिय संरचना अनुसार नेतृत्व लिनुपर्ने तिन तहले जिम्मेवारी सम्हाल्न नसकेको स्पस्टै देखिन्छ ।

राहत बितरणमा पुग्ने धेरैले ब्यवस्थापन फितलो भएको महशुश गरिरहेका छन् । राजधानीबाट राहत लिएर बुधबार घटना स्थल आएका कलाकार संदिप क्षेत्रीले पनि राहत बितरणमा निकै अन्योल देखे । उनीपनि ३ घण्टादेखी राहत थन्क्याएर अल्मलिएको बताए । उनीपनि यहाँको सरकारको जिम्मेवारी प्रती असन्तुष्टी बनेर फर्किएका छन् ।

‘खै यहाँ सरकार कहाँ छ ? मेरो राहत कसरी बाँडने ? कसलाई दिने ? को हो पिडित ?’ उनले सुनाए , यहाँका अवस्था हेर्दा निकै दर्दनाक छ । यधपी उनले यहाँ राहत ब्यवस्थाप हुन थालेपछि बिभिन्न अभियान मार्फत राहत संकलन गरेर पुनः यस क्षेत्रमा आउने प्रतिवद्धता जनाए ।

हावाहुरीका कारण घरबिहीन बनेका प्रभावितहरुलाई तत्कालका लागि अस्थायी आवास निर्माणमा नेपाली सेवा, सशस्त्र प्रहरी लगाएतको सहयोगी टोली लागी परिरहेको छ ।

            यो पनि हेर्नुहोस् -हाँस्य कलाकार सन्दिप क्षेत्रीसंगको कुराकानी ।

Write your Comment