चर्किए चित्रबहादुर : जनप्रतिनिधि ठेकेदार बन्ने ?

रातोघर

 २३ चैत्र २०७५, शनिबार १८:३९  मा प्रकाशित
१९० पाठक संख्या



काठमाडौं ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राजनीतिको नाममा लुटतन्त्र हावी भएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष केसीले मुलुकमा भ्रष्टाचार मंहगी,  कुशासन व्याप्त रहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले संघीयताको खर्च मुलुकले धान्न नसक्ने भन्दै संघीयता खारेज नभए संघीयताले देशलाई खारेज गर्ने चेतावनी दिए । उनले भने ‘संघीयता खारेज गरिएन भने यसले मुलुकलाई खारेजी गर्छ । हामीले गाँजा खाएको भरमा भनेको होइन । चुनिएर आएका जनप्रतिनिधिले पहिले आफ्नो सेवा सुविधान हेर्ने कि जनताको ? ठेकेदार बन्ने हो जनप्रतिनिधि ?’

उनले नेपालका ठूला दलहरुले विदेशीले बोकाएको संघीयताको भारी बोकेको समेत टिप्पणी गरे । उनले भ्रष्टाचार मंहगी, कुशासनबाट आक्रान्त भएका जनताले विकल्पमा राजसंस्था रोज्ने खतरा रहेको औल्याए । सयौं राजा पाल्नुभन्दा एउटै राजा भए हुन्थ्यो भन्ने जनतामा भान परिसकेको उनले दाबी गरे ।

-khabarhub

Write your Comment