जनकपुर ।
हावाहुरीसहितको वर्षाको कारण जनकपुरमा लाखौँको क्षति भएको छ।
यतिबेला जनकपुरमा शुक्रबारदेखि खाद्य मेला सञ्चालन भइरहेको छ।
हावाहुरी र भारी वर्षाको कारण शुक्रबारदेखि ३ दिनसम्म चल्ने उक्त मेलाको स्टल, मञ्चलगायत सबै उडाएको छ।
जसको कारण लाखौँको क्षति भएको हो।
जनकपुरको रामानन्द चोकमा आजैदेखि सुरु भएको चैतेदशैँका लागि लगाइएको लाखौँको पंडाल पनि पूर्णरूपले क्षतिग्रस्थ भएको छ भन्ने जनकपुर गोपाल धर्माशालामा कथवनीय सामाजको आयोजनमा सुरु भएको अधिवेशन समेत प्रभावित भएको छ।
अधिवेशनका लागि तयार पारिएको स्वागत गेट, पंडाल सबै हावाहुरीले उडाईदिएका छन्।
यसैगरी आजदेखि नै रंग भूमि मैदान वारह विघामा आयोजना हुन लागिरहेको क्रिकेट प्रतियोगिता पनि वर्षाको कारण नै प्रभावित बनेको छ।
वर्षाकै कारण जनकपुर चोक र सडकहरुमा पानी जमेका छन्।
Write your Comment