विपत्तीको सामना गर्दै ईटा उद्योगका मजदुर

बासको गलितो ब्यवस्था भए पिडितको जिवन सहज हुदै जान्छ -पूर्वराज्यमन्त्री पास्वान

पुष्पराज खतिवडा

 २४ चैत्र २०७५, आईतवार १९:१९  मा प्रकाशित
४७३ पाठक संख्या



बारा ।

कलैया उपमहानगरपालिका १८ को भरवलियाका अधिकाशं पुरुष ईटाभट्टामा काम गर्दछन् । उनीहरुले काम गर्ने एसिसि ईटा उद्योग आँधी पछी बन्द छ । आँधीले उद्योगमा काम गर्ने ४ भारती मजदुरको ज्यान लग्यो । त्यहीँ काम गर्नै स्थानिय सयाँै मजदुरको घर उडायो । सोही कारण यती खेर उद्योग बन्द छ ।

दलित विपन्न परिवारका यहाँका पुरुषहरु दिनभरी भट्टामा काम गरेर परिवार पान्ने गर्दै आएका थिए । विहानको खानापछी भट्टामा काम गरेर बेलुका आफ्नै झुपडी भित्र पाकेको भातभान्सामा रमाउनेहरु यती खेर कल्पनै नगरेको विपत्तीको सामना गरिरहेका छन् । भट्टा बन्द छ । घरमा विजोग छ । के गर्ने नगर्ने हजुर स्थानिय राजदेव मुखियाले सुनाए ।
घर भत्कीयो अन्नपात लत्ताकपडा सबै नष्ट भयो । बाँसको खाँवा डाँडाभाटा माथी खरले छाएको तर आँधीबाट भत्केको घर देखाउँदै मुखियाले भने, सात जनाको परिवार एउटा टेन्ट गुजार गर्न गारो भएको छ ।

आँधी आएको केही दिन स्थानिय तहका साथै विभिन्न संघसंस्थाले सामुहिक भान्साको ब्यवस्था गरे । पिडितहरु लाई विहान बेलुकी खाना खाने ब्यवस्था मिलाए । अहिले सबैले पालैपाले भान्सा बन्द गरे । आज आफ्नै टेन्ट भित्र मुस्कीलले खाना पकायौं, स्थानिय सोनामती देवीले सुनाईन् । राहतमा पाएको चामल, दाल ,आलु पकाएर खायौं । आफैंले खाना पकाएर खान समेत समस्या छ । पकाउने भाँडा, भाँडा बसाउने चुलो थाल गिलासको अभाव छ । चारैतिर भत्केको समस्या छ , सोनामती दुखेसो गरिन् ।

बस्ने गलितो ब्यवस्था नभए सम्म पिडित समुदायको जिवन सहज हुने देखिँदैन पूर्व भौतिक योजना तथा यातायत राज्य मन्त्री कलावती पास्वानले भनिन् । प्रभावित प्रतेक बस्तीका मानिस विपद्को पिडामा छन् । विस्तारै सहज महसुस गर्ने छन् । आवास मुख्य कुरा हो विहान बेलुकी ओत लाग्ने ब्यवस्था सरकारले गरिदिए अन्य कुरा आफैं सहज हुँदै जान्छ ,पास्वानले भनिन् । त्यसका लागि केन्द्र ,प्रदेश तथा स्थानिय सरकारहरुका विच समन्यकारी भुमिका जरुरी हून्छ । पिडितका लागि अबको आवश्यकता घर पनी हो, उने भनिन् ।

कलैया उपमहानगरपालिका १८ का वडा समिति सदस्य हृदयनाराण कुस्वाहले ईटाभट्टामा कमाएको रकमबाट पारिवारिक गुजारा गर्दै आएका परिवार आफ्नै पिडामा रुमलिएको बताए ।

Write your Comment