शिवले सार्वजनिक गरे ‘आँशुको अर्थ-भाग २’ को भिडियो

रातोघर

 २५ चैत्र २०७५, सोमबार १०:३७  मा प्रकाशित
२२० पाठक संख्या



चर्चित गायक शिव परियारको सुपरहिट गीत  ‘आँशुको अर्थ’ को भाग २  “आँशुको अर्थ २ ” (मेरो भागको खुशी तिमीलाई मिलोस)  बोलको गीत सार्वजनिक भएको छ । रवि अधिकारीको शब्द रहेको उक्त गीतमा गायक शिव परियारको नै संगीत रहेको छ भने उदय राज पौडेलको एरेज रहेको छ । गायक शिव परियारको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीत शिवको एघारौं सांगीतिक संग्रह  ‘शिवालय’ मा समाबेश छ ।

नायक सन्नी सिंह र नायिका ज्योत्सना योगीको अभिनय रहेको उक्त गीतको भिडियो बुद्ध थापाले छायाँकन गरेका हुन् । निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियो बिकाश धमलाले सम्पादन गरेका हुन् ।

Write your Comment