निषेधित क्षेत्र ताेड्न खाेजेपछि कमल थापा लगायत तीन नेता पक्राउ

रातोघर

 २५ चैत्र २०७५, सोमबार १६:१३  मा प्रकाशित
२०४ पाठक संख्या



काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गरेको प्रदर्शनका क्रममा अध्यक्ष कमल थापा लगायत तीन जना नेता पक्राउ परेका छन् ।

हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनका क्रममा अध्यक्ष थापा लगायत नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई प्रहरीले पद्मोदय माेडबाट पक्राउ गरेको हो ।

राप्रपाले सोमबार प्रदर्शनीमार्गमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

राप्रपाले हिन्दू राष्ट्रको माग राख्दै केही दिन यता दबाबमूलक कार्यक्रमको आयोजना गर्दै आएको छ । यसअघि राप्रपाले सामूहिक हस्ताक्षर अभियान थालेको थियो ।

Write your Comment