पत्रकार सुस्केरालाई कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार

रातोघर

 २६ चैत्र २०७५, मंगलवार ०७:५०  मा प्रकाशित
२५३ पाठक संख्या



विराटनगर ।

कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार सुमन सुस्केरलाई प्रदान गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सुस्केरालाई नगद सहित पुरस्कृत गरेका हुन् ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले पत्रकारिताको विकासका लागि प्रदेश सरकारले नयाँ नीति तथा कार्यक्रम समेटिने बताएका छन् ।

प्रदेशका पुराना पत्रकारको सम्मान गर्न कार्यदल बनाएर काम शुरू गर्ने प्रतिबद्धता जनाउँदै राईले वैशाख २४ लाई भव्य समारोहको आयोजना गरी पत्रकारिता दिवस मनाउन थाल्ने पनि घोषणा गरेका थिए । पुरस्कृत सुस्केराले विगत १५ वर्षदेखि रेडियोलाई पत्रकारिताको माध्यम बनाउँदै आएका थिए ।

पुरस्कार प्राप्त गरेपछि पत्रकार सुस्केराले आफू पत्रकारिता क्षेत्रमा अझ बढी जिम्मेवारीका साथ लाग्ने अठोट गरे ।

Write your Comment