बारामा फेरि हावाहुरी : घरका छाना उडाए, अन्नबाली ध्वस्त, एसईई प्रभावित

रातोघर

 २६ चैत्र २०७५, मंगलवार १०:०१  मा प्रकाशित
३३५ पाठक संख्या



बारा ।

करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट, मधुवनको छानो उडाएको छ । छानो उडाउँदा प्रहरी प्रभावित भएका छन् ।

हुरीले उपमहानगरपालिकाको गहुँ, मकै, तरकारीलगायत बालीमा क्षति पुर्याउनुका साथै सिमरा एफएमको टावरसमेत उडाएको छ । कतिपय स्थानमा हुरीले रुख समेत ढालिदिएको छ । घरको छतमा राखिएका सोलार प्यानल पनि हुरीले उडाएको छ भने केही बिजुलिका पोल समेत ढलेका छ्न् ।

यस्तै सिमरामा रहेको अल्पाईन गार्मेटमा पनि हावाहुरीले क्षती पुर्याएको छ । गार्मेन्टको भान्साघरको जस्ताको छानो उडाएको छ भने इट्टाको गार्हो पल्टिएर भान्छामा काम गरिरहेको एक मजदुरले भागेर ज्यान बचाएका छ्न् ।

हुरीले एसईई परीक्षा प्रभावित भएको प्रहरीले जनाएको छ । सिमरा क्षेत्रका सुपरिटेन्डेन्ट शंकर आचार्यले भने, ‘आधा घण्टासम्म आएको असिनापानी र हुरीले विद्यार्थीहरुले लेख्नै सकेनन् । त्यसैले थप समय उपलब्ध गराउने निर्णय भएको छ।’

यसअघि बाराको फेटा गाउँपालिकालगायत स्थानमा हावाहुरी जाँदा २७ जनाको ज्यान गएको थियो । पर्सा पनि हावाहुरीको चपेटामा परेको थियो । यी स्थानका प्रभावितलाई टहरामा राखिएको छ । त्यहाँको अवस्थाबारे भने जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

photo – hankalpit neupane

Write your Comment