काठमाडौं ।
ज्योतिषमा नौ ग्रह बताइएका छन् । सबै ग्रहको फरक फरक धातु हुन्छ । ग्रहका राजा सूर्य हुन् र सूर्यको धातु तामा हो ।
हिन्दू धर्ममा सुन, चाँदी, तामा तीन धातुलाई पवित्र मानिएको छ । पूजापाठमा यी धातुहरूको उपयोग सबभन्दा धेरै हुन्छ । यसबाहेक यी धातुको औंठी पनि मानिसहरूले लगाउँछन् । तामाको औंठी लगाउँदा यस्ता फाइदा हुन्छन् ।
सूर्यका साथै मंगलको अशुभ असरलाई पनि तामाको औंठीले कम गर्छ ।
तामाको औंठीले सूर्यको बल बढाउँछ । सूर्यदेवको कृपाले घरपरिवार र समाजमा मानसम्मान पाइन्छ ।
तामाको औंठी लगाउँदा त्यसको औषधीय गुण पनि शरीरले प्राप्त गर्छ । रगत सफा हुन्छ ।
तामाको भाँडोमा राखिएको पानी पिउँदा स्वास्थ्यलाभ हुन्छ । औंठी लगाउँदा फाइदा हुने नै भयो ।
तामाको औंठीको असरले पेटसम्बन्धी रोगबाट छुटकारा पाइन्छ ।
तामा औंलामा लगाउँदा छाला पनि चमकिलो हुन्छ ।
आयुर्वेदका अनुसार, तामाको भाँडोले रोगप्रतिरोधक क्षमता बढाउँछ । यही लाभ तामाको औंठी लगाउँदा पनि हुन्छ ।
Write your Comment