हेटौंडा ।
प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले आफ्नै मन्त्रालयका सचिवको कार्यकक्षमा ताला लगाइदिएका छन् ।
मन्त्रालयको काममा चासो नदिएको र मातहतका महाशाखाले पठाएका फाइल कार्यान्वयन नगरेकको भन्दै उनले सचिव लोकनाथ पौडेलको कार्यकक्षमा तालबन्दी गरिदिएका हुन् ।
केहीदिन अघिमात्र मन्त्रालय आएका सचिव पौड्याल र मन्त्रीबीच विवाद चलिरहेको थियो । आफू मातहतका निकायबाट आएका फाइल कोठामै राखेर आएको छैन भन्दै मन्त्रालयका कामलाई असहज बनाएपछि कोठाको फाइलको सुरक्षाका लागि ताला लगाएको काठमाडौं जाँदै गरेका मन्त्री दुलालले भने ।
मन्त्री र सचिवबीचको तनाबसँगै सचिव पौडेल मंगलबार नै बिदा मागेर काठमाडौँ गएका छन् । सचिव पौड्यालले आफू १० दिनको घरविदा स्वीकृत गरी काठमाडौँ आएको बताए ।
Write your Comment