काठमाडौं ।
आजको राजधानी दैनिकले अस्पताल, बिरामी र डाक्टर एकअर्काका परिपूरक हुन् तर अहिले देशभर अनौठा दृश्य देख्न पाइन्छन्, डाक्टरहरु अस्पतालमा जान्छन् तर बिरामीलाई वास्ता गर्दैनन् र छुनै चाहँदैनन् । भन्दै डाक्टरको आन्दोलनको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।
देशभरका बिरामी, उनका आफन्त र सर्वसाधारणले डाक्टरको यस्तो प्रवृत्तिका कारण आजित हुँदै भन्न थालेका छन्– कति निष्ठरी डाक्टर ! समाचारमा उल्लेख छ ।
त्यसैगरी पत्रिकाले स्थानीय तहमा १६ हजार कर्मचारी अभाव शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको स्थायी समायोजन भए पनि स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी दरबन्दी रिक्त हुन पुगको समाचारमा उल्लेख छ । मुलुकका ७५३ वटा स्थानीय तहमा १६ हजार कर्मचारी रिक्त रहेकाले सेवा प्रवाहमा समेत गम्भीर समस्या परेको छ ।
‘देउवा–सिटौला एकै मञ्चमा ५ घण्टा’ शीर्षकमा राजधानीले नेपाली कांग्रेसभित्रको किचलो भएपनि दुवै नेता एकैमञ्चमा बसेको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको विादकैबीच एकै मञ्चमा पाँच घण्टा विताएको समाचारमा जनाइएको छ ।
महासमिति बैठकको म्यान्डेड र कार्य सम्पादन समिति गठनलगायतका विषयमा किचलो जारी रहेका बेला सभापति देउवा र नेता सिटौलाले एकै मञ्चबाट कम्युनिष्ट सत्तासँगको लडाइँका लागि पार्टीभित्रको एकतामा जोड दिए ।
बुधबार कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रीय समिति काभ्रेले भकुण्डेबेशीमा गरेको आमसभामा उनले सम्बोधन गर्दै एकतामा जोड दिएका थिए ।
त्यस्तै राजधानी दैनिकले ‘एकै परिवारका पाँच अधिकृत’ शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ ।
सरकारी सेवामा नाम निकाल्ने र मुलुकको प्रशासक बन्ने रहर कसलाई पो हुँदैन र ? मुलुकको कुशल प्रशासक बन्ने रहर धेरैले पालेका हुन्छन् । तर, कमैले अवसर पाउँछन्, यस्तै अवसर अर्घाखाँचीका पाख्रेल परिवारलाई मिलेको छ जुन परिवारका पाँच जना सदस्य अधिकृत हुन सफल भएका छन् ।
समाचारमा अघि लेखिएको छ– साविकको जुकेना–९ अन्तर्गत पर्ने हालको सितगंगा नगरपालिका–६ चिसापानीको मध्यमवर्गीय पोख्रेल परिवारका पाँच जना छोराछोरीले नै शाखा अधिकृतका रुपमा देशको प्रशासन हाँक्ने अवसर प्राप्त गरेका हुन् ।
यसरी अवसर प्राप्त गर्नेमा एकै परिवारका प्रेमराज पोख्रेल, सीता, सरोज, अञ्जना र रञ्जिता रहेको समाचारमा उल्लेख छ ।
Write your Comment