बारा ।
बाराको प्रसौनी गाउँपालिका ४ खुटुवा प्रसौनीका आँधी प्रभावितमा झाडापखालाको समस्या देखिन थालेको छ । पेट दुखेर पखाला चल्ने समस्या समस्या लिएर स्वास्थ्य संस्थामा आउने विरामीको संख्या दिनदिनै बढ्न थालेको स्वास्थ्य कर्मीहरुले बताएका छन् ।
प्रसौनी गाउँपालिकाले एकसाता अघिबाट खुटुवामा आँधी प्रभावितका लागि संचालनमा ल्याएको स्वास्थ्य परिक्षण शिविरमा ३६३ जना विभिन्न समस्या लिएर आएका छन् । ज्वरो, रुघाखोकी, चोटपक र छाला सम्बन्धि समस्या लिएर आउनेसँगै झाडापखालाको विरामीको संख्यापनी धेरै छ । तीन दिनयता भने स्वास्थ्य समस्या लिए आउनेहरु मध्ये ४६ जनामा झाडापखालाको समस्या देखिएको स्वास्थ्य चौकी प्रमुख बच्चाबाबु साहले बताए ।
झाडापखालाका विरामीहरुलाई जिवनजल लगायतका औषधी दिएको उनले बताए । मंगलबार मात्रै समस्या लियर आउनेहरुमा अधिकासंमा झाडापखालाका विरामी देखिएको उनको भनाई छ । यद्यपी थप समस्या भई अन्यत्र रिफर गर्नु पर्ने अवस्था भने नदेखिएको उनको भनाई छ ।
कटक्क पेटदुखेर पखाला चल्ने समस्या भएपछी औषधीका लागि शिविर आएको स्थानिय शान्ती देवी कुम्हालले बताईन् । आफ्नी बुहारी माला देवीले समेत पेट दुख्यो भन्दै तीनपटक बढी पाईखाना गएपछी आफु उसका लागि समेत औषधी लिन आएको शान्तीको भनाई थियो ।
त्यस्तै स्थानिय बासमती रामले पनी आफु र आफ्नो परिवारका सदस्यमा झाडापखानाको समस्या हुन थालेको बताईन् । कटक्ट पेट दुख्ने, ओठमुख सुक्ने हुँदै पखाला लाग्ने गरेको उनले बताईन् । ९ बर्षिया बालक समसेद अंसारीमा पनी झाडापखाको समस्या भएपछी औषधी ख्वाईएको समसेदका आफन्तले बताए ।
सुत्केरी बालबालिका समस्यामा
बुधबार आँधी प्रभावित क्षेत्रमा अवस्था नियाल्ने क्रममा प्रसौनी गाउँपालिका ४ खुटुवा नयाँबस्तीमा पुग्दा २४ बर्षिया मेहरु नेसा, शुरक्षाकर्मीले बनाई दिएको टेन्टको बाहिर ५ महिने छोरा काखमा बोकेर निसाश देखिन्थीन । झुपरपट्टी नै भएपनी चारजना परिवार सुःखले बाँचेको उनलको त्यो घर गत १७ गते साँझ आएको विनासकारी आँधीले लग्यो । समान्य चोटपटक बाहेक अन्य ठुलो शारिरिक चोट सहनु परेन मेहरुको परिवारले ।
फोटो -पुष्पराज खतिवडा
तर उनको घर घरभित्रको अन्न लत्ता कपडा सबै आँधीले नष्ट ग¥यो । उनको झुप्रो भित्र काखमा रहेको ५ महिने बालकका लागि आवश्यक पोषक खाना ,न्यानो कपडा , बालक सेक्न आगो र खाने तेलको राम्रै प्रबन्ध थियो ।
ज्याला मजुदरीको काम गर्ने मेरा पतीले म र बच्चाका लागि जोहो गरेको सबै समान खाध्यान्न आँधीले लग्यो मेहरुले सुनाईन् । अहिले टेन्ट भित्रको बसाई र राहतको सुख्खा खानाका कारण ५ महिने छोराका लागि प्रयाप्त दुध आउँदैन, खुवाउन सकेकी छैन । समस्यामा पर्दै गएको छ , मेहरुले गुनासो सुनाईन् ।
प्रसौनी गाउँपालिका ४ खुटुवा नयाँबस्तीमा १७ घरधुरी छन् । यहाँको २ वटा पक्की बाहेक १५ घर आँधीले लडायो । आँधीपछी तीन महिनाकी सुत्केरी सवनम खातुनको अवस्था पनी मेहरु नेसाको भन्दापनी खराब छ । बच्चा र आमाका लागि प्रयाप्त लत्ता कपडासँगै पोषीला खाना छैनन् । टेन्टभित्रको बसाई । राहतमा थापेको अन्न । पकाउने चुलो समेत नभएको अवस्था छ , उनले गुनासो गरिन् । यस्तो अवस्थमा मैले पाएको कष्ट भनीसाध्य छैन ,सबनमले भनिन् ।
सुत्केरी सबनम र मेहरु दिनदिनै दुब्लाउँदै जान थालेका छन् । उनीहरुका बच्चा समेत दुब्लाउँन थालेका छन् । सबनम, मेहरु र उनीहरुका बच्चाहरु देखाउँदै गएको स्थानिय रुबैदा खातुनले सुनाईन् । रुबैदाका अनुसार यहाँ शुरक्षाकर्मीहरुले बनाई दिएको एउटा टेन्टमा परिवारका सबै सदस्य सुत्नु पर्ने बाध्यता छ । एउटै धाराको पानी एकै ठाउँमा पालैपालो खाना पकाउनु पर्ने बाध्यता पनी छ । ती सबै बाध्यतामा सबैभन्दाबढी सुत्केरी र बालबालिका प्रभवित भैरहेका छन्,रुबैदाले भनिन् ।
प्रयाप्त ओड्ने ओछ्याने कपडा छैनन् । टेन्ट भित्र त्रिपाल विछ्याएर बस्नु पर्ने बाध्यताले जमिनको चिसो शरिरमा पर्दा झडापखाला लगायतका समस्या हुन थालेको रुबैदाले गुनासो गरिन् । सुत्केरी बालबालिकासँगै सबैमा समस्या सुरु भएको उनले बताईन् ।
Write your Comment