वीरगंज ।
वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी र पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको मिलोमतोमा श्री हजारी मल धर्मशालाको जिर्ण भवनमा रहेका समानहरु दिनदहाडै लुट भईरहदां नेपाली कांग्रेस पर्साले चिन्ता व्यक्त गरेको छ ।
धर्मशालाको जिर्ण भवनको कम्पाउण्डमा पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेसले सो कार्यप्रति चिन्ता व्यक्त गरेको छ । कांग्रेस पर्साका सभापति अजय द्विवेदीले श्री हजारी मल धर्मशालाको सम्पति सार्वजनिक सम्पति हुने भएकोले कसको आदेशमा, कहां, कुन ठाउंमा जिर्ण भवन तोडेर ईटा र काठका समानहरु लगिदैछ, सो कुराको जानकारी हाल सम्म नभएको बताए ।
सभापति द्विवेदीले सार्वजनिक सम्पतिको संरक्षण गर्ने अधिकार महानगरका मेयर सरावगी र प्रमुख जिल्ला अधिकारी भटराईको हुने भएकोले वहांहरुको यस कार्यमा व्यापक लापरवाही भएकोे आरोप लगाए ।
उनले यस सन्दर्भमा प्रमुख जिल्ला अधिकारी भटराई कहां करिब एक महिना पहिले ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउदा समेत उहांले विभिन्न व्यस्तता देखाउदै पन्छिने गरेको उनले बताए ।
पत्रकार सम्मेलनमा एक सञ्चारकर्मीले मेयर र प्रजिअको मिलोमतोमा धर्मशालाको समानहरु लुट भईरहदा यहांहरुले पनि पैसाको लागि बार्गेनिड्ड गरिराख्नु भएको आरोप लाग्दै छ भनि जिज्ञासा राख्दा सभापति द्विवेदीले आ–आफ्नो हेर्ने नजरिया फरक रहेको हुनाले सो नजरले यहांहरु नहेरदिन आग्रह गरेका थिए ।
उनले कांग्रेस जिम्मेवार पार्टी भएको हुनाले नियमानुसार सार्वजनिक सम्पति संरक्षण गर्न गराउन आफुहरु लागि परेको बताए । सभापति द्विवेदीले पत्रकार सम्मेलन स्थलबाटै प्रहरीलाई बोलाई ना.४त ४८५१ नम्बरको टेक्टर र चालक नेजामुदिन मियांलाई वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निशान थापाको जिम्मा लगाई सार्वजनिक सम्पति कसको आदेशमा किन लगिदैछ भनि अनुसन्धान गर्न आग्रह गरेका थिए ।
सो पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सचिव श्याम पटेल, प्रदेश सांसदद्धय् ओमप्रकाश शर्मा, राजेश्वर साह तेली, महानगरका उपमेयर सुश्री शान्ती कार्की, नेताहरु अरबिन्द गुप्ता, सहरुम राउत गदी, बिरेन्द्र यादव लगायत कांग्रेस कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
मालपोत कार्यालय पर्साको निर्णय नं. ९ मा मिति २०६३÷१÷१७ गतेका दिन हजारी मल धर्मशाला भन्ने हजारी मल स्मृति भवनको नामले लालपुर्जा रहेको छ । सो लालपुर्जामा सो जग्गा कसैको हक हस्तान्तरण, बेच बिखन वा धरौटी समेत राख्न नसक्ने गरी सार्वजनिक सम्पतिको रुपमा रजिष्टेशन पास भएको मालपोत कार्यालय पर्साको श्रेस्तामा उल्लेख रहेको छ ।
तर वीरगंजका जग्गा पल्टर हालका मेयर सरावगीको योजना मुताविक ५ जना मिलेर हजारीमल सेवा ट्रष्ट नाम राखी सो धर्मशालाको जग्गा दम्पच गर्न खोजेका हुन । हजारीमल सेवा ट्रष्ट २०६४÷६÷२ मा जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता रहेको छ ।
सो ट्रष्टको कार्य समितिमा नेपाली र गैरनागरिक गरी ५ जनामा संरक्षक÷अध्यक्षमा रामकृष्ण अग्रवाल, महासचिवमा नारायण अग्रवाल, कोषाध्यक्षमा जगदीश अग्रवाल, सदस्यद्वयमा अर्चना कुमारी सरावगी, अनिता अग्रवाल रहेका छन् भने साक्षीहरुमा सरावगी परिवारकै मात्र शंकरलाल सरावगी, आशीष सरावगी, सुरभी सरावगी, मुकेश सरावगी र अनुप सरावगी रहेका छन् ।
मेयर सरावगीले २०६४ सालमा आफ्ना आफ्न्तहरुको नाममा ट्रष्ट खडा गरी २०६३ सालमा भएको निर्णयलाई जालझेल गर्दै ५० करोड भन्दा बढीको सो सम्पति हडपन खोजेका हुन् ।
मेयर सरावगी करिब १० वर्ष अगाडि देखि नै धर्मशालाको जग्गा हडपन भरमग्दुर प्रयास गरिरहदा हाल आएर उनका कालाकर्तुतहरु बाहिर छताछुल्ल भएको छ । जुन नियमानुसार जुनसुकै हालतमा पनि नहुने रहेको छ ।
सार्वजनिक सम्पतिलाई संरक्षण गर्न गराउन नेपाली कांग्रेस पर्साले तातिरहदां समेत अन्य दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), संघिय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा), राप्रपा लगायतका राजनैतिक दलहरु मौन बस्नुले विभिन्न किसिमको शंका उपशंका उब्जाएको छ ।
-one
Write your Comment