भुपु सैनिक आमोदेबी स्कुलको अभिभावक दिवस सम्पन्न

रातोघर

 २८ चैत्र २०७५, बिहीबार २०:१७  मा प्रकाशित
२५४ पाठक संख्या


पर्सा ।

पर्सागढि नगरपालिका वडा नं ३ बढ्निहारस्थित भुपु सैनिक आमोदेबी स्कुलले आफ्नो पहिलो अभिभावक दिवस मनाएको छ । विद्यालयमा बिहिबार आयोजित अभिभावक दिवसका क्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर विविधताको बीचमा एकताको सन्देश दिएका थिए ।अभिभावक दिवसका प्रमुख अतिथि भारतीय दुतावास बीरगंजका डेपुटी कन्सुल जनरल रमेश प्रसाद चतुर्बेदीले विद्यार्थी र शिक्षकहरू अनुशासन, लगनशीलता र समर्पणमा केन्द्रित भएमा शैक्षिक उपलब्धि हासिल हुनसक्ने बताए ।

उनले भने, ‘अनुशासनमा अडिन सके हामी सँधै सफल हुन्छौँ ।’ उनले हरेक विद्यालयहरुले शिक्षक, अभिभावक र विद्यार्थीहरुले त्रिकोणात्मक सम्बन्धले मात्र विद्यालयको शैक्षिक स्तर सुधार गर्न सकिने कुरामा जोड दिए ।अभिभावक दिवसका अवसरमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले नृत्य , सन्देशमुलक नाटक, ,खुकुरी नृत्य उडासा लोक नृत्यहरू प्रस्तुत गरेका थिए ।

त्यस्तै नर्सरीमा अध्ययनरत कलिला बालवालिकाहरूले बालगीतमा नृत्य प्रस्तुत गरेका थिए ।कार्यक्रमका विशिष्ट अतिथि पर्सागढि नगरपालिकाका नगर प्रमुख लोक नारायण यादवले ग्रामीण क्षेत्रमा अग्रेजी माध्यमको विद्यालय संचालन गर्नु आफैमा चुनौतीपुर्ण रहेको भन्दै भुपु सैनिकहरुले खोलेको विद्यालयको प्रशंसा गरे ।कार्यक्रमको अध्यक्षता गर्नुभएका सोहि विद्यालयका अध्यक्ष धन बहादुर गुरुङले बिद्यालय स्थापीत गर्न भुपु सैनिकहरुका सहयोगको स्मरण गरे ।

उनले अग्रेजी नजान्दा आफुहरुले परेको अप्ठ्यारो आफ्ना सन्ततिहरुलाई नपरोस भन्नकै लागी ग्रामीण क्षेत्रमा अग्रेजी माध्यमको विद्यालय स्थापना गरेको बताए । कार्यक्रमको सञ्चालन शिक्षक बिनोद अधिकारीले गरेका थिए ।

Write your Comment