निजगढ गोल्डकप : उपाधिका लागी बिरगंज र आयोजक खेल्ने

रातोघर

 २८ चैत्र २०७५, बिहीबार २१:५६  मा प्रकाशित
३१२ पाठक संख्या



निजगढ । 

नेपाल आईस पाँचौ निजगढ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागी बिरगंज युनाईटेड फुटबल क्लव र आयोजक निजगढ युवा क्लव भिड्ने भएका छन ।

बिहिबार सम्पन्न दोश्रो सेमिफाईनल खेलमा सर्लाही–११ लाई पराजित गर्दै निजगढ प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै निजगढले बिरगंज संगको उपाधि भिडन्त पक्का गरेको हो ।

खेलमा शुरुवाती अग्रता जोगाउन नसक्दा सर्लाही प्रतियोगिता बाट बाहिरियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा सर्लाहीले अग्रता लिएको थियो । खेलको ३५ औ मिनेटमा विजय घलानले गोल गरेका थिए । ५४ औ मिनेटमा निजगढका लागि एलिस तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

निर्धारित समयको खेलमा १–१ गोलको बराबरी भएपछी खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा सर्लाहीका सनिल लामाको पेनाल्टी प्रहार बाहिरिएको थियो ।
खेलको म्यान अफ द म्याच निजगढ युवा क्लवका रोशन पहरिले २५ सय रुपैंया सहित ट्रफी प्राप्त गरे। उपाधि भिडन्तका लागि यी दुई टिमबीच शनिबार खेल हुनेछ ।

प्रतियोगिताको बिजेताले १ लाख ५० हजार सहित ट्रफी प्राप्त गर्नेछन भने उपविजेताले १ लाख सहित ट्रफी प्राप्त गर्नेछन । त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैंया सहित ट्रफी प्राप्त गर्नेछन ।

Write your Comment