सिमरा ।
बारा जिल्लाको पहिलो सफ्टवेयर कम्पनी मुनसाईन टेक्नोलोजिले डिजीटल स्कुल निर्माणको लागी स्कुल सफ्टवेयर र स्कुल एप सार्बजनिक गरेको छ । सो सफ्टवेयरको माध्यमबाट सजिलै विधार्थी व्यवस्थापन , शिक्षक ब्यवस्थापन ,कर्मचारी ब्यवस्थापन ,पेरोल ब्यस्थापन , पुस्तकालय ब्यस्थापन, मासिक बिल काट्न हप्तौ लाग्ने काम एकैचोटी एउटा क्लिक गरेको भरमा कक्षा भरिको मासिक बिल जेनेरेट गर्न मिल्ने भएको छ ।
त्यस्तै मार्कसीट एबम कक्षा भरिको आइडी कार्ड सफ्टवयर मार्फत जेनेरेट गर्न मिल्ने फिचर र अभिभाबक एबम बिधार्थीले सजिलै युजर नेम र पस्वोर्ड प्रयोग गरि स्कुल पोर्टल एबम एप चलाउन सकिने छ ।
सो सफ्टवेयरको प्रयोगबाट स्कुलको प्रशासनिक काम एबम व्यवस्थापन ढुक्कसँग गर्न सकिने मुनलाइटले जानकारी दिएको छ ।
के-के छन् फिचर ?
सफ्टवेयर खरिद गर्दा तिन किसिमको मोबाईल एप (टिचर एप,स्टुडेन्ट एप ,प्यारेन्ट्स एप )पनि प्रदान गरिन्छ । टिचर एप मार्फत शिक्षक् ले हाजिरी गर्न मिल्ने ,होमेवोर्क लगायत बिद्यार्थीलाई अवस्यक नोट शेयर गर्न मिल्छ भने विद्यार्थी एबम अभिभावकले चलाउने एप मार्फत बिद्यार्थीको परिक्षाफल, बाँकी बुजाउनु पर्ने स्कुलको शुल्कहरु ,मासिक शुल्कको विवरण ,स्कुल बस को लोकेसन हेर्न मिल्ने ,सूचना समाचार एप मार्फत हेर्न मिल्ने लगायतको फिचर रहेको मूनसाईनका सिइओ जीवन थापाले बताए ।
प्रदेश २ का करिब ३ दर्जन बढी निजि तथा सामुदायिक बिद्यालयहरुले प्रयोगमा ल्याउने तयारीमा रहेको यस सफ्टवेरय खरिदमा अहिले बिशेष छुट समेत रहेको बताए । उनका अनुसार करिब २ बर्षको मेहनतपछि उनी लगाएत ४ जनाको टोलीले यो सफ्टवेयर बजारमा ल्याएका हुन् ।
के छन् यसका बिशेषता ?
१.बिधार्थी व्यवस्थापन
२. कर्मचारी व्यवस्थापन
३.पुस्ताकालय व्यवस्थापन
४. महिनावारी सुल्क मेसेज,इमेल ,एप मार्फत पठाउँ सकिने
५.लेखा व्यवस्थापन
६.सो सफ्टवेयरमा ६ वटा प्यानल छ ।
७. मासिक शुल्क र बिद्यार्थी परिचय पत्र र मार्क्सिट ,रिजल्ट, बिल एकै क्लिकमा काट्न सकिने ।
८.साप्ताहिक र मासिक र बार्षिक खर्च र आम्दानीको विवरण हेर्न मिल्ने ।
९. टिचर एप मार्फत हाजिरी,गृहकार्य,नोट्स बिधार्थीलाई पठाउन मिल्ने छ ।
१०.स्टुडेन्ट एप मार्फत गृहकार्य हेर्न मिल्ने ,सूचना,समाचार,विभिन्न शुल्क को विवरण ,रिजल्ट .मार्क्सिट ,स्कुल बसको लोकेसन एप मार्फत हेर्न सकिनेछ ।
११.बिद्यालयले को आवश्यकता अनुसार मेसेजिंग सिस्टम अनलाइन पेमेन्ट सिस्टम राख्न सकिने
१२.सम्पूर्ण अभिभावक हरुलाई एकै क्लिक मा शुल्क भुक्तानीको लागि मेसेज पठाउन सकिने लगाएत स्कुल ब्यवस्थापन को लागि चाहिने सम्पूर्ण चिज सो सफ्टवेयरमा समेटिएको छ ।
गतबर्ष श्रावण १ गते सिमरामा स्थापित यस कम्पनीले एक बर्षको अवधिमा सरकारी तथा निजि कार्यालय, होटल, अस्पताल, कलेज जस्ता कार्यालयको वेबसाईट तथा मोबाईल एप बनाएर सिमरामा स्थापित भईरहेको छ । प्रबिधिको बिकाससंगै समृद्धितर्फ उन्मुख जितपुरसिमरा उपमहानगरपालीकाको लागी एक महत्वपूर्ण कडिको रुपमा यस कम्पनी स्थापित हुने मुनसाईन टेक्नोलोजिका सि.ई.ओ थापाले दाबी गरे ।
अहिले जीतपुरसिमरा उपमहानगरपालीकाले प्रयोगमा ल्याएको एप पनि यही कम्पनीले निर्माण गरेको हो । जितपुरसिमरा उपमहानगरपालीका सँग सम्झौता गरि मोबाईल एप बनाएर उपमहानगरबासीकालागी कार्यालयको गतिबिधि लगाएत सम्पूर्ण जानकारी मोबाइल एप बाटै गराउन सफल भएको छ । यस कम्पनीले ४ जना सफ्टवेयर ईन्जिनियरलाई रोजगारी दिनुका साथै आउट सोसिंङ प्रोजेक्टहरु पनि गर्दै आएको छ ।
स्थानिय स्तरमा सफल सफ्टवेयर कम्पनीको रुपमा स्थापित हुदै बिद्यालय, ब्यापार ब्यवसाय, सहकारी, सरकारी तथा गैरसरकारी कार्यालयहरुसंग समन्वयगरी सफ्टवेयर सिस्टमको बिकास गर्ने उनले दाबी गरे ।
आगामी दिनहरुमा स्थानिय बिद्यालयहरुमा बिद्यार्थीहरुलाई आईटिको आधारभुत ज्ञान दिने तयारी भैरहेको समेत उनले बताए । सफ्टवेयरको महत्वबारे राम्ररी जानकारी नहुदा सुरुवाती दिनमा चुनौती ब्यहोर्नुपरेपनि सबैको साथ सहयोग पाईएको र आगामी दिनमा डिजिटल स्कुल डिजिटल नेपाल , स्मार्ट उपमहानगर निर्माण गर्ने जितपुरसिमरा उपमहानगरपालीको लक्ष्य पुरा गर्न उपमहानगरसंगै समन्वय गर्दै अघि बढ्ने थापाको भनाई छ ।
Write your Comment