सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीका सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक नमुना बिद्यालयमा शुक्रबार एक कार्यक्रमका बिच बिद्यार्थी बिदाई कार्यक्रमको आयोजना गरिएको छ ।
कक्षा १२ का बिद्यार्थीलाई कक्षा ११ ले सफलताको शुभकामना सहित बिदाई गर्ने हरेक बर्षहरुको कार्यक्रम जस्तै यसबर्षपनी ११ कक्षाको सकृयतामा बिदाई कार्यक्रम आयोजना गरिएको हो ।
बिदाई कार्यक्रममा बिद्यालयका ब्यवस्थापन समिती अध्यक्ष राजेन्द्र गौतमले बिद्यार्थीलाई सफलताको शुभकामना दिँदै सामुदायिक बिद्यालयबाटै कक्षा ११ र १२ उतीर्ण गर्ने बिद्यार्थी भाग्यमानी भएको बताए।
उनले सामुदायिक बिद्यालयको महत्वलाई नबुझी निजी बिद्यालयको भडकिलो बिज्ञापनको पछि परी पछुताएको उदाहरणहरु रहेको भन्दै कक्षा १२ का बिद्यार्थीलाई बाँकी स्नातक तहको अध्ययनका लागी पनि सामुदायिक कलेजमै अध्ययन गर्न अनुरोध समेत गरे ।
यस्तै कार्यक्रममा बोल्दै बिद्यालयका प्रध्यानाध्यापक शंकर कुमार आचार्यले बिद्यार्थाीहरुमा अचेल ११ ÷१२ पास गर्ने बित्तिकै जापान र कोरिया जाने लहड चलेको भन्दै त्यसो नगर्न आग्रह गरे । उनले बाँकी उच्च शिक्षाका लागी शुभकामना दिँदै कम्तिमा स्नातक नगरी जागिर र वैदेशिक यात्रामा नलाग्न बिद्यार्थीलाई आग्रह समेत गरे ।
यस्तै बिद्यालयका सहायक प्रध्यानाध्यापक अच्युतदेव सिटौलाले शुभकामना मन्तब्य राखेका थिए भने बिद्यालयका शिक्षक केशव पौडेलले कार्यक्रमको संयोजना गरेका हुन् ।
एक औपचारीक कार्यक्रमपछी बिद्यार्थीहरुले एक साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेका छन् ।
Write your Comment