काठमाडौं ।
दश लाख नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्यसहित यस वर्षको विद्यार्थी भर्ना अभियान सुरू भएको छ । सोमबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अभियानको उद्घाटन गरेका छन्।
यस वर्ष ‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ भन्ने नारा दिइएको छ । भर्ना अभियानको उद्घाटन गर्दै शिक्षामन्त्री पोखरेलले कुनै पनि बालबालिका विद्यार्थी बाहिर नरहने गरी काम भइरहेको बताए।
नयाँ भर्ना अभियानको ०६१ देखि सुरू गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०७६ मा १० लाख नयाँ विद्यार्थी भर्ना गर्ने उद्देश्य राखेको जनाएको छ।
शिक्षा तथा मानव स्रोत केन्द्रको तथ्यांकअनुसार, अझै थुप्रै बालबालिका विद्यालयबाहिर छन् । आधारभूत तह अध्ययन गर्ने पाँचदेखि १२ वर्ष उमेर समूहका ७.७ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताए । ‘मुलुकभर अझै तीन लाख १३ हजार बालबालिका विद्यालय गएका छैनन्,’ निर्देशक पौडेलले भने।
थुप्रै बालबालिका विद्यालय बाहिर रहनुमा संघीय सरकारको कमजोरी रहेको शिक्षाविद्को भनाइ छ । शिक्षाविद् विद्यानाथ कोइरालाले भन, ‘सरकारले केन्द्रमा नौटङ्की गरेर भर्ना हुँदैनन् । अब यो काम स्थानीय तहको हो । स्थानीय तहले एक–एक तथ्यांक खोजे मात्रै सबै बालबालिका विद्यालय पु¥यान सकिन्छ।’
सरकारले हरेक वर्ष शैक्षिक सत्र सुरू भएदेखि वैशाख १५ गतेसम्म ‘भर्ना अभियान’ सञ्चालन गर्दै आएको छ।
– kathmandupress
Write your Comment