सिमरा ।
बाराका हावाहुरी पिडितलाई श्रीमती संगठनले सहयोग गरेको छ । श्रीमती संगठन फेसबुसको एउटा महिलाहरुको समुह हो । झापाकी बिष्णु भण्डारीले यो ग्रुप फेसबुकमा बनाएकी हुन् ।
यस गु्रपमा बिभिन्न जिल्लाका करिब ५ हजार बिवाहित महिलाहरु आवद्ध छन् । उनीहरुको ग्रुपमा आवद्ध महिलाहरुले मात्र उनीहरुले शेयर गरेका सामग्र हेर्न सकिनेगरी सुरक्षित बनाएका छन् ।
फेसबुक लगाएत सामाजिक संजालमा बारा पर्सामा हावाहुरीले क्षती पुर्याएको समाचार देखेपछी झापाबाट भण्डारीले राहत संकलन गरेकी हुन् । सो संकलित राहत रकम उनले सिमराका श्रीमती संगठनमा आबद्ध श्रीमती सदस्यहरुलाई पठाएकी हुन् । बैँक खातामा आएको राहत रकमले जीतपुरसिमराका सदस्यहरुले सामान खरिद गरी सोमबार प्रभावित क्षेत्र पुगेका छन् ।
रिना कस्मेटिक सेन्टर जीतपुरकी रिना बजागाईको संयोजनमा बाराका बिभिन्न स्थानका हावाहुरी प्रभावित महिला र बालिकालाई भित्री बस्त्र सहित सेनेटरी प्याड बितरण गरेका हुन् । प्रभावित क्षेत्रमा बालिका र महिलाहरुमा बिभिन्न रोगका संक्रमण फैलिन सक्ने भन्दै उनीहरुले ‘महिलाका लागी महिला’ भन्ने अभियान स्वरुप सो सामाग्री बितरण गरेका हुन् ।
उनीहरुले एक सय जना महिला र बालिकाहरुलाई प्याड सहित बिभिन्न भित्रि बस्त्र बितरण गरेका हुन् । यस संगठन महिलाहरुको अधिकार र सुरक्षाका सवालमा बिभिन्न अभियानमा समेत सकृय रहेको उनीहरुले बताएको छन् । महिला अधिकार सहित सामाजिक जवाफदेहीतामा सकृय रुपमा फेसबुक मार्फत नै हरेक समस्याहरुमा सहयोगी बनीरहेको संगठनकी रिना बजगाईले बताइन् ।
Write your Comment